२०८३ कार्तिक २२ गते शनिवार

ताप्लेजुङका किसान चिराइतो खेतीतर्फ आकर्षित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १२
chiraitokheti

फुङ्लिङ (ताप्लेजुङ)- ताप्लेजुङका किसान चिराइतो खेतीतर्फ आकर्षित भएका छन्। चिराइतोको बजार मूल्य बढेसँगै उनीहरु यसतर्फ आकर्षिक भएका हुन्।

फक्ताङलुङ गाउँपालिका–६ का केरसी लिम्बू पाँच वर्षपछि पुनः चिराइतो खेती गर्न थालेका छन्। उनीसँग चिराइतो खेतीको लामो अनुभव छ। विगतका वर्षमा चिराइतो खेती नै मुख्य पेसा बनाएका लिम्बूले कोभिड–१९ को समयमा यसको बजार मूल्यमा ह्रास आएपछि खेती गर्न छोडेर अन्य पेसामा लागेका थिए।

फक्ताङलुङ गाउँपालिकाभित्र नै धेरै चिराइतो उत्पादन गर्ने लिम्बूले वर्षमा ६५ मन (४० किलो) सम्म चिराइतो उत्पादन गथ्थे। लामो समय चिराइतोको बजार मूल्यामा ह्रास आएसँगै बिक्री गर्न समस्या भएपछि अलैँची बगान विस्तार गर्न लागेको उनले बताए। लिम्बूले अहिले १२ रोपनी क्षेत्रफलमा चिराइतो खेती गर्नका लागि तयारी गरिरेका छन्।

फक्ताङलुङ–६ लुङथुङका तीर्थ राई अहिले चिराइतो बीउ छर्नमा व्यस्त छन्। उनले खेताला खोजेर ३० रोपनी क्षेत्रफल झाडी फाँडेर चिराइतोका लागि जमिन तयार गरेको राईले बताए। फाँडेको झाडीमा आगो लगाएर चिराइतो छर्नका लागि उपयुक्त जग्गा तयार गरिसकेका छन्। ‘चिराइतोको बीउ तयार गरेको छु। अब एक हप्तापछि छर्ने योजना बनाउँदै छु।’ राईले भने, ‘एक साल त चिराइतो बिक्री नै भएन। त्यसपछि सबैले खेती गर्न छोडेको थियो। तर यस वर्ष गाउँमा नै प्रतिमन रु ४२ हजारसम्ममा खरिद गर्ने व्यापारी आएका थिए। तर चिराइतो नै गाउँमा खासै थिएन।’

चिराइतोको राम्रो बजार मूल्य आउने सम्भावना देखेर राईले दुई वर्ष अगाडि २० रोपनी क्षेत्रफलमा चिराइतो खेती लगाएका छन्। दुई वर्ष अगाडि खेती लगाएको आउँदो कात्तिक महिनामा बिक्री गर्न योग्य हुने राईले बताए। एक अगाडि अर्थ गत वर्ष १६ रोपनी क्षेत्रफल जग्गामा राईले चिराइतो खेती गरेका छन्।

अहिले ३० रोपनी क्षेत्रफल जमिनमा चिराइतो खेती गर्न लागेको हो। ३० रोपनी क्षेत्रफलमा जमिनमा २४ माना चिराइतोको बीउ लगाउने राईले बताए। चिराइतो छरेको मितिदेखि २७ महिनामा बिक्रीयोग्य हुने राईले बताए। राईले भने, ‘अहिले लगाएको चिराइतो अबको २७ महिनामा ४० देखि ४५ मनसम्म चिराइतो उत्पादन हुने आशा गरेको छु’, केही समय किसानले चिराइतो खेती गर्न छोडेपछि अहिले बीउ पाउनसमेत मुस्किल पर्ने किसानको भनाइ रहेको छ। विगत प्रशस्त मात्रमा पाईने चिरातोको बीउ अहिले प्रतिमाना रु दुई हजार ५०० मा खरिद बिक्री हुने गरेको किसान भनाइ रहेको छ।

फक्ताङलुङ गाउँपालिका–५ हेल्लोक गाउँका रविन आङबोहाङले चिराइतो खेती गर्न छोडेको चार वर्ष भयो। तर अहिले चिराइतो खेती गर्नका लागि आठ रोपनी जमिन तयार गरेका छन्। ‘दुई सालयता चिराइतोको बजार मूल्य राम्रो आएको छ। गाउँमा अहिले सबैले चिराइतो खेती गर्ने तयारीमा छन्। फेरि बजार मूल्य घट्ने हो कि चिन्ता भइरहेको छ’, आङबोहाङले भने, ‘अहिले बजार मूल्य राम्रो आएकाले उत्साहित भएर गाउँका प्रायः किसान चिराइतो खेती गर्न लागेका छन्।’

चिराइतो छर्ने सुरु भएको छ। चिराइतोका लागि वनजङ्गल तथा झाडी फाँडेर १५ देखि २० दिन राख्नुपर्दछ। त्यसपछि सुकेको झाडीमा आगो लगाउनुपर्दछ। आगो लगाएको ठाउँमा दुई चार दिनपछि चिराइतो छर्नुपर्दछ। चिराइतोसँगै अन्य बालीसमेत किसानले लगाउने गर्दछन्। मकै, घैया, कागुनी, लटेजस्ता रैथाने बाली लगाउने गर्छन।

ताप्लेजुङको हिमाली क्षेत्रमा बसोबास गर्ने किसानहरुले चिराइतो खेती गर्दै आएका छन्। फक्ताङलुङ गाउँपालिका, सिरिजङ्गा, सिदिङवा र मिक्वाखोला गाउँपालिका विशेष चिराइतो उत्पादन हुने क्षेत्रभित्र पर्दछ। केही वर्ष चिराइतो बिक्री हुनै मुस्किल भएपछि खेती गर्न छोडेका किसान अहिले धमाधम चिराइतो खेती गर्न थालेका छन्।

डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार विगत दुई वर्षको तुलनामा यस वर्ष चिराइतो निकासीमा वृद्धि भएको हो। जिल्लामा चिराइतो उत्पादनमा कमी आएको भए पनि पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार यस वर्ष निकासीमा वृद्धि भएको छ। तुलनात्मक रुपमा यो वर्ष केही परिमाणमा चिराइतो निकासी वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ । वन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ मा पाँच हजार ८२० किलोग्राम चिराइतो निकासी भएको छ। डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार आव २०७८÷७९ मा तीन हजार २८० किलोग्राम मात्र चिराइतो निकासी भएको थियो।

यस्तै आव २०७९÷८० मा पाँच हजार ८०० किलोग्राम चिराइतो निकासी भएको छ। अघिल्लो दुई वर्षभन्दा पछिल्लोअर्थात् यो वर्ष थोरै परिमाणमा भए पनि चिराइतो निकासी वृद्धि भएको डिभिजनल वन अधिकृत बद्रीप्रसाद साहले जानकारी दिए। विगत २०७० यता दश वर्षको समय अवधिमा ताप्लेजुङ जिल्लाबाट ३८ हजार केजी चिराइतो सङ्कलन भएको डिभिजन वन कार्यालयको तथ्यांकले जनाएको छ। दश वर्षको अवधिमा सबैभन्दा बढी चिराइतोबाट राजस्व सङ्कलन भएको छ। दश वर्षको समयमा चिराइतोबाट रु सात लाख ९६ हजार ६३६ राजस्व सङ्कलन भएको छ।

प्रकाशित: २०८० चैत १२ गते सोमबार ०९:०४
प्रतिक्रिया

थप समाचार

तिहार सुरु, कागको पूजा गरेर मनाइँदै

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो तथा महत्त्वपूर्ण चाड तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज घर–घरमा कागको पूजा गरी काग तिहार मनाइँदै छ। कार्तिक कृष्ण...

‘महिनौँ बितिसक्यो, ग्यास पाएको छैन’

जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै सहज रूपमा ग्यास पाउन सकेका छैनन्। महिनौँदेखि ग्यासको प्रतीक्षामा रहेका उपभोक्ता...

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझ पनि जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

रौतहटमा स्रोत नखुलेको साढे ४४ लाख रुपैयाँसहित भारतीय नागरिकसहित दुई जना पक्राउ

रौतहट: रौतहटमा स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित प्रहरीले एक भारतीय नागरिक र एक स्थानीय व्यवसायीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाएर लुकाई...

च्याउ खेतीले देखाएको आत्मनिर्भरताको बाटो

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–६ वनगाउँका एकल महिला पार्वती थापा व्यावसायिक च्याउ खेतीबाट आत्मनिर्भर बनेकी छन् । विसं २०६९ मा श्रीमान् गुमाएपछि उनले आत्मनिर्भर बन्न च्याउ खेती सुरु...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना