काठमाडौं- नेपालले आयरल्यान्ड ‘ए’लाई ६ विकेटले हराएकोछ। पहिलो टी-२० अभ्यास खेलमा टेस्ट टोली आयरल्यान्ड ‘ए’लाई घरेलु टोली नेपालले दुई खेलको सिरिजमा १-० को अग्रता लिएको छ।
जितको लागि १२२ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो। नेपालको जितमा ओपनर कुशल भुर्तेल ३२ बलमा ४ चौकासहित सर्वाधिक ३७ रन बनाए। उनी नट आउट रहे। दीपेन्द्रसिंह ऐरीले १२ बलमा २ चौका र १ छक्कासहित २० रन बनाए। उनी पनि नट आउट रहे।
ओपनर आसिफ शेखले १६ रन बनाउँदा कप्तान रोहित पौडेल शून्य र गुलशन झा ४ रनमा आउट भए। सन्दीप जोराले ३५ बलमा ३ चौका र २ छक्कासहित ३६ रन बनाए।
आयरल्यान्डका ग्यारेथ डेलानीले २, बेन ह्वाइट र थोमस मेयसले १/१ विकेट लिए।
