काठमाडौँ- इन्डियन प्रिमियर लिग (आइपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले आफ्नो पहिलो जित निकालेको छ। सोमबार राति भएको खेलमा आरसीबीले पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको हो।
पञ्जाबले दिएको १७७ रनको विजयी लक्ष्य आरसीबीले कोहलीको ७७ रनको मद्दतमा १९.२ ओभरमा ६ विकेटमा भेटायो। आरसीबीमा कोहली चम्किँदा दिनेश कार्तिकले नटआउट २८, महिपाल लोमरोरले नटआउट १७ रन बनाए भने रजत पटिदारले १८ र अनुज रावतले ११ रनमा आउट भएका थिए।
पञ्जाबका कागिसो राबाडा र हरप्रित ब्रारले २र२ तथा साम करन र हर्षल पटेलले एकरएक विकेट लिएका थिए। टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले ६ विकेट गुमाएर पूरै २० ओभर खेल्दै १७६ रन बनाएको थियो।
