काठमाडौँ- नेपालले आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्ने भएको छ। नेपालले टी–२० अभ्यास खेल अन्तर्गत आज दोस्रो खेल दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा हुनेछ।
सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले हराएको थियो। नेपालको रोहित पौडेल र आयरल्यान्डको निल रकले कप्तानी गर्नेछन्। आयरल्यान्डको सिनियर टोलीबाट खेलेका ९ खेलाडी यस टोलीमा छन्।
सिनियर टोलीका पिटर मुर, ग्यारेथ डेलानी र बेन ह्वाइट जस्ता स्टार खेलाडी आयरल्यान्डका मुख्य हतियार हुन्। पहिलो रोजाइका अलराउन्डर डेलानीले आयरल्यान्डबाट ६७ टी–२० आई खेल खेलेका छन्।
यता नेपालका दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र कुशल भुर्तेल प्रमुख खेलाडी हुन्। अभ्यास खेल हुँदा नेपालले आज बेन्च स्टेन्थ पनि परीक्षण गर्न सक्छ।
पहिलो खेलमा मौका नपाएका अनिल शाह, विवेक यादव र आकाश चन्दलाई आज मौका दिने सम्भावना छ।


