काठमाडौँ- आयरल्याण्ड वुल्भ्सविरूद्धको टी-२० सिरिजको पहिलो खेलमा नेपालको ‘ए’ टिम पराजित भएको छ। नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’ले पहिलो जित हात पारेको छ। शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको टी-२० मा नेपाल ‘ए’लाई २१ रनले पराजित गरेको हो।
२२३ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम ३ बल खेल्नु अगाडि नै सबै विकेट गुमाएर २०१ रन बनायो। नेपालका लागि ओपनर लोकेश बमले १०६ रन बनाएका थिए।
लोकेश र आरिफ शेखले उत्कृष्ट साझेदारी गरेपछि नेपाल १८९/३ को अवस्थामा थियो। तर १३ रन जोड्दा ७ विकेट गुमायो। १६औं ओभरको अन्तिम बलमा बमलाई गुमाएको नेपालले एकपछि अर्को विकेट गुमाएको थियो।
शेख अर्धशतक बनाउन चुके।
यसअघि पहिले ब्याटिङ गरेको आयरल्याण्ड ए ले २० ओभरमा ५ विकेट गुमाएर २२२ रन बनाएको थियो।


