काठमाडौँ– टी-२० क्रिकेट शृंखलाअन्तर्गत दोस्रो खेलमा आयरल्यान्ड वुल्भ्सले नेपाललाई जितका लागि २२५ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङमा तानिएको आयरल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २४ रन बनाएको हो।
आयरल्यान्डका कप्तान नेल रकले सर्वाधिक अविजित ७१ रनको योगदान गरे।
३४ बल खेलेका उनले ७ छक्का र १ चौका प्रहार गरे। पिटर मुरले ६५ रन बनाए। नेपालका सागर ढकालले ३, कमल ऐरी र पवन सर्राफले एक/एक विकेट लिए।
नेपाल आजको खेल जित्दै श्रृंखला बराबरी बनाउने दाउमा छ। तर आयरल्यान्डले पहिलो खेलमा भन्दा २ रन बढी बनाएको छ। उसले पहिलो खेलमा २ सय २२ रन बनाएको थियो। नेपाल २१ रनले पराजित भएको थियो।
जितसँगै ३ खेलको श्रृंखलामा आयरल्यान्डले १-० को अग्रता बनाएको छ।


