काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देश र जनताका पक्षमा काम नगरेको बताएका छन्। बाराको चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले विकासको योजना काटेर आफन्त पोसेको आरोप लगाए ।
वर्तमान सरकार रहिरहे वृद्धभत्ता काट्ने दाबी उनको थियो। ‘हामीले २० वर्षमा नभएको काम तीन वर्षमा गरेका थियौं । हामीले विकासको निर्माणको कामलाई अगाडि बढाइरहेका थियौं,’ उनले भने, ‘अब यही सरकार कायम रह्यो भने प्रहरीहरुले कपडा फेर्न पाउँदैनन् । हामीले जेष्ठ नागरिक भत्ता गरेर चार हजार पुर्याएका थियौं।’
ओलीले केही महिना भित्रै सरकारले वृद्धभत्ता रोक्ने ठोकुवा समेत गरे।


