काठमाडौँ- भारतको स्टेट टोली गुजरातले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत पहिलो खेलमा नेपाललाई ९९ रनको सामान्य लक्ष्य दिएको छ।
तीव्र गतिका बलर गुलशन झा र करण केसीको उत्कृष्ट बलिङमा गुजरात ९८ रनमै सीमित भएको हो।
साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरात १८.२ ओभरमा ९८ रन जोडेको हो।
गुजरातका ओपनर रुद्र मयुर पटेल २२ बलमा ४ चौकासहित सर्वाधिक २३ रनमा आउट भए। आर्यन देशाई ४, उमंग पटेल ५, स्मित पटेल १०, अभिषेक देशाई ११ र हेमांग पटेल २० र ऋषि पटेल १ रनमा आउट भए। सराल प्रजापतिले १७ रन बनाए।
नेपालका गुलशन झाले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए। करण केसीले ३.२ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए।
सोमपाल कामीले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए।
दीपेन्द्रले ४ ओभरमा २३ र अभिनाश बोहराले ३ ओभरमा १७ रन खर्चिए।
