काठमाडौँ- भारतमा आइतबार सुरु भएको त्रिपक्षीय सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ।
गुजरातस्थित साइ मेगप्पन स्टेडियममा गुजरातमाथि ८ विकेटको जित निकाल्दै नेपालले सुखद सुरुवात गरेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको गुजरात १८.२ ओभरमा ९८ रनमा समेटिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अविजित ३३ रन बनाए। अनिलकुमार साह ३२ रनमा अविजित रहे। त्यसअघि कुशल भुर्तेलले १७ र आशिफ शेखले १६ रन बनाएका थिए।
गुजरातका तेजस पटेल र हेमाङ पटेलले समान १ विकेट लिए।
यसअघि टस हारेर फिल्डिङ गरेको नेपालका लागि घरेलु टोलीको ब्याटिङ धराशायी बनाउन गुल्सन झाले ४ विकेट लिए। त्यस्तै करण केसीले ३ र सोमपाल कामीले १ विकेट लिए।
ओपनर रुद्रमयुर पटेलले सर्वाधिक २३ रन बनाए।
सिरिजको दोस्रो खेलमा सोमबार बरोडा र गुजरातले प्रतिस्पर्धा गर्नेछन्। नेपालले बरोडासँग मंगलबार खेल्नेछ।


