काठमाडौँ– आरिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपाल ‘ए’ ले टी-२० शृंखलाको तेस्रो तथा अन्तिम खेलमा आयरल्यान्ड‘ए’लाई २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रनको योगफल तयार पार्यो।
नेपालका लागि आरिफले ४८ बलमा सात चौका र ६ छक्काको मद्दतले अविजित ९३ रन बनाए।
यसैगरी, रासिद खानले २४, कमलसिंह ऐरीले अविजित १९, बसिर अहमले १९, पवन सराफले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाए।
चौथो विकेटका लागि आरिफ र शेखले ४७ रनको साझेदारी गरे।
आयरल्यान्डका लागि फिओन ह्यान्डले दुई तथा म्याथ्यु पोस्टर, लियम म्याकर्थी, गेराथ डेलानी र गाभिन होएले समान एक विकेट लिए।


