२०८३ असोज २२ गते बिहिबार

रेशम-रञ्जिताको घरझगडाले अप्ठेरोमा कांग्रेस, नाउपा सांसदलाई दुईखाले ह्विप

 |  तीर्थराज निरौला
Sanket

तीर्थराज निरौला

काठमाडौँ, चैत २१
ranjita_resham

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहँदा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का तर्फबाट पक्ष र विपक्षमा मत दिन र नदिन छुट्टाछुट्टै निर्देशन (ह्विप) जारी गरिएको छ।

पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहले यही चैत २२ गते बिहीबार प्रदेशसभाबाट लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएकी छन्।

पार्टीका अध्यक्षद्वारा हस्ताक्षरित पत्रमा नाउपा, सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएको र संसदीय दलको नेताको रुपमा घनश्याम चौधरीले काम गरे पनि प्रदेशसभाको महत्वपूर्ण निर्णयमा पार्टीको केन्द्रिय अध्यक्षलाई ह्विप लगाउने अधिकार भएकाले मुख्यमन्त्रीले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन गरिएको उल्लेख छ।

अध्यक्षको पत्र सार्वजनिक भएलगत्तै सुदूरपश्चिम प्रदेशसभा, नागरिक उन्मुक्ति पार्टी, संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराथारुले मुख्यमन्त्रीले लिने विश्वासको मतको पक्षमा मतदान गर्न प्रदेशसभाका सदस्य आज अर्को निर्देशन (ह्विप) जारी गरेका छन्।

प्रमुख सचेतक डगौराथारुले जारी गरेको पत्रमा यही चैत २२ गते दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले आफूमाथि विश्वासको मत छ भनी पेस गर्ने प्रस्तावको पक्षमा अनिवार्य उपस्थित भई मतदान गर्न र तटस्थ नबस्न राजनीतिक दलसम्बन्धी ऐनबमोजिम निर्देशन (ह्विप) जारी गरिएको उल्लेख छ।

डगौराथारू सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसमेत हुन्।

राज्यमन्त्रीलाई कारबाही
प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री एवं नाउपाकी नेत्री इन्दिरा गिरीलाई पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कारबाही गरेकी छन्।

पार्टील सोधेको स्पष्टीकरणको जवाफ नदिएको भन्दै प्रदेशसभा सदस्य गिरीलाई कारबाही गरिएको पार्टी अध्यक्षद्वारा जारी पत्रमा उल्लेख गरिएको छ। गिरी पार्टीका समानुपातिक सांसद हुन्।

पार्टीका संसदीय दलका नेता एवं आर्थिक मामिला मन्त्री घनश्याम चौधरीले सिधै कारबाही गर्ने अधिकार केन्द्रीय अध्यक्षलाई नभएको बताए।

‘दलको नेता आफू रहेकोले कसैलाई कारबाही गरिएको छैन,’ उनले भने, ‘संसदीय दलको तर्फबाट जारी भएको ह्विपअनुसार मुख्यमन्त्रीको पक्षमा मतजाहेर नगर्नेलाई कारबाही हुन्छ।’

मुख्यमन्त्रीले भोलि चैत २२ गते प्रदेशसभाबाट विश्वासको मत लिनुहुने कार्यसूची छ।

नाउपाभित्र पछिल्ला दिनमा चर्किएको विवादले मुख्यमन्त्रीलाई विश्वासको मत पाउन सकस छ।

नाउपाको सहयोगबिना नयाँ गठबन्धनका पक्षमा बहुमत जुट्दैन। पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता पक्षधरले नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता आउन यसअघि प्रदेशसभा, संसदीय दलका नेतालाई निर्देशन दिएको थियो। सो निर्देशन कार्यान्वयन भएको छैन।

नाउपाले केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको थियो। प्रदेशसभाको यस्तो गणितमा प्रदेश सरकार गठनका लागि नागरिक उन्मुक्ति निर्णायक देखिएको छ। पार्टीका संस्थापक संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिताबीच सङ्घ र प्रदेश तहका सरकारलाई समर्थन गर्ने/नगर्ने विषयमा उत्पन्न मतभेदले किचलो बढ्दै गएको छ।

सोमबार मात्रै अध्यक्षले पार्टीका गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ र बागमती प्रदेश अध्यक्ष दीपकबहादुर योञ्जन तामाङलाई निष्काशन गरेकी थिइन्।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)का सभामुखसहित ११, नेकपा (एमाले)का १०, नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी) का चार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक र एक स्वतन्त्र सदस्य छन्।

एक पद रिक्त छ।

प्रकाशित: २०८० चैत २१ गते बुधबार ०६:४४
प्रतिक्रिया

थप समाचार

कांग्रेस महाधिवेशनः प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने भएको छ। कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले बिहीबार...

कांग्रेस महाधिवेशनः मतदानको समय दिउँसो १ बजेसम्म सारियो

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज (बिहीबार) हुने भनिएको मतदानको समय सारिएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार...

मन्त्रिपरिषद्का ६ निर्णयः नवीनराज सिंहलाई सचिवमा बढुवालगायत १५३ पीडितलाई क्षतिपूर्ति

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषदको बैठकले १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनेदेखि विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष...

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको...

आर्थिक नीति सुधारमा योगदान गर्न कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारीः डा गोविन्दराज पोखरेल

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले पार्टीको आर्थिक तथा विकास...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना