२०८३ कार्तिक ११ गते मङ्गलबार

‘एसिया कप खेल्न युएई र हङकङलाई पनि हराउनै पर्छ’

 |  विनय ज्योति सापकोटा
Sanket

विनय ज्योति सापकोटा

काठमाडौँ, बैशाख ८
sompal kami and karan kc in creeze

काठमाडौँ- शुक्रबार नेपालले ओमनविरुद्ध पहिलो ४ ओभरमै दुई विकेट गुमायो। त्यति मात्र होइन, पहिलो रन जोड्नको लागि नै २५औं बल पर्खिनु पर्‍यो। घरेलु मैदानमा ठूलो संख्याको समर्थकमाझ नेपालले निकै खराब सुरुवात गरेको थियो।

‘सुरुका दुई ब्याटस्म्यान त ब्याट गर्न नै गएनन् भन्ने अनुभव भइरहेको थियो,’ खेलको दबाबबारे कुरा गर्दै बलर सोमपाल कामीले भनेका छन्। सबैलाई सायद यस्तै लागेको हुनुपर्छ। किनभने चौथो नम्बरमा ब्याटिङ गर्न खेलाडी जाँदा नेपालको खातामा शून्य रन थियो।

खराब सुरुवात भएपछि मध्यक्रममा दबाब हुन्छ नै। त्यही दबाबबीच पनि कुशल मल्ल मध्यक्रममै आएर शतक प्रहार गरे, जुन आज नेपालको जित (८४ रन)को सबैभन्दा ठूलो आधार बन्यो।

‘मैले आफ्नो खेल खेलेको हो। लुज बल छानेर खेलेँ,’ खेलपछि कुशलले हाँस्दै भने। अघिल्लो खेलमा अविजित ७० रन बनाएका कुशलले यो खेलमा पनि शानदार प्रदर्शन गरे।

कुशल मल्ल।

त्यसो त उनले नेपाली टिमको डेब्यूमै अर्धशतक बनाएका थिए। त्यसपछि उनको खेल खस्कियो। टिममा पनि पर्न छोडे। तर पछिल्लो समय फर्ममा देखिएका छन् कुशल मल्ल।

नेपाली टिमको प्रशिक्षकमा मोन्टी देसाई आएपछिको यो फरक हो त? 

कुशलको जवाफ छ, ‘सरले मलाई खेलाईराख्नु भएको छ। मलाई पनि खेल्न सजिलो छ। प्रशिक्षकले बल हेरेर र समय लिएर खेल्न भन्नुभएको छ। सहयोग भएको छ। पछिल्लो पटक भिभिएन रिचर्डसँग पाकिस्तानमा सिक्न पाएको हो। बीचमा राम्रो नहुँदा पनि अभ्यास गर्दै जाउँ एक दिन राम्रो हुन्छ भन्ने थियो, सायद यो भइरहेको छ।’

ब्याटिङमा आज कुशलले मात्र होइन, सोमपालले नेपालको लागि शानदार प्रदर्शन गरे। उनको योगदानमा टिमले ३१० रनको लक्ष्य प्रस्तुत गर्न सक्यो। यो नेपालको कीर्तिमानी रनसमेत हो। यसअघि नेपालले एक दिवसीय क्रिकेटमा सबैभन्दा धेरै २९७ रन बनाएको थियो। यता नेपालले आजसम्म ५० एकदिवसीय क्रिकेट खेल्दा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी पनि हुन् सोमपाल।

सोमपाल कामी र करण केसी।

‘जतिबेला हामी डिभिजन थ्री खेलिरहेका थियौँ, त्यहाँबाट नै हाम्रो सपना एक दिवसीय खेल्ने हुन्थ्यो। आज हामीले एक दिवसीयमा इतिहास बनाएका छौं। धेरै खुसी लागेको छ,’ खेलपछि सोमपालले भने।

आजको खेलमा कीर्तिमानको वर्षा भएको थियो। नेपालले इतिहासकै सबैभन्दा धेरै रन मात्र बनाएन, सन्दीप लामीछानेले सबैभन्दा चाँडै सय विकेट गिराएर ओडीआईमा विश्व कीर्तिमानसमेत बनाएका छन्। यता पेसबलर सोमपाल कामीले आजको खेलमा अर्धशतक बनाए।

‘प्रशिक्षकले दिनुभएको रोलमा काम गरेको हो। प्रशिक्षकले व्यक्तिगत रुपमा धेरै आधारभूत स्किलमा काम गराउनु भएको छ। धेरै नयाँ सट सिकाउनु भएको छ भने धेरै पुरानो सट छोड्नु पर्‍यो,’ सोमपालले आफ्नो पारी सम्झिँदै भने।

आजको खेलमा सोमपालले दोस्रो अर्धशतक बनाएका हुन्। उनले आफ्नो दोस्रो एकदिवसीय खेलमै अर्धशतक बनाएका थिए। त्यसपछि आजै बनाएका हुन्।

‘हामी अहिले उच्चस्तरको क्रिकेट खेलिरहेको छौं। मैले त्यो अनुसारको अभ्यास गरिरहेको हो,’ सोमपालले खेलपछि भने, ‘अन्तिममा हामीलाई पार्टनरसिप जरुरी थियो। मैले सुरुमा कुशलसँग र पछि करणसँग साझेदारी गर्न सकेको हो।’

दर्शक।

आजको जितसँगै नेपाललाई समूह ‘ए’को शीर्षस्थानमा पुग्न सहज भएको हो। अब नेपालले सेमीफाइनल र फाइनलमा जित निकाल्न सके एसिया कप खेल्न पाउनेछ।

‘आउनलाई धेरै अवसर छ। मेरो आशा छ कि हामीले सक्दो धेरै प्रतियोगिता खेलौं र नयाँ खेलाडी पैदा हुँदै जाउन्। माथिल्लो स्तरको क्रिकेट खेल्नको लागि धेरै भन्दा धेरै क्रिकेटर चाहिन्छ जुन अहिले नेपालमा छैनन्,’ सोमपालले भनेका छन्।

यता करण केसीको दृष्टिमा चाहिँ ओमनविरुद्धको खेल कस्तो देखियो त?

‘दबाब थियो, मेडन र दुई विकेट थियो। यद्यपि सबैमा आत्मविश्वास भने थियो। कसरी खेल्ने भन्ने कल्चर बसिसकेको छ। त्यसले आत्मविश्वास बढाएको छ। मिसन त एसिया कप नै छ,’ टिमभिजनबारे उनले भने। 

आज विकेट राम्रो भएको कारण खेलमा करणले आफू आत्मविश्वासी भएर खेलेको उल्लेख गरे। अन्तिममा सोमपालसँग ६१ रनको साझेदारी गरेका थिए।

‘हामीले चाहिँ २८० देखि २९० सम्म चाहिँ पुर्‍याउनु पर्छ भन्ने सोचेका थियौँ। तर राम्रो पर्टनरसिप भएर ३०० नै कट्यो। त्यति सोचेको चाहिँ थिएन,’ करणले भनेका छन्।

पछिल्लो समय करण केसी आफैं पनि टिममा इनआउट भइरहेका छन्। तर उनले सबै खेलाडीलाई आआफ्नो रोल सम्झाएको करण बताउँछन्। उनका अनुसार मोन्टीले सबैलाई खुसी बनाएका छन्।

नेपालले अधिकांश खेल जितिरहेको कारण ड्रेसिङ रुपमा सकारात्मका वातावरण रहेको पनि करणले बताएका छन्। ‘अब एसिया कपमा हङकङ खेलिसकेको छ युएई खेलिसक्यो। हामीलाई पनि अवसर रहेको छ। हामी पनि भारत पाकिस्तानसँग खेल्ने भन्ने छ,’ करणले भनेका छन्। नेपाली टिमले एसिया कपलाई हेरेर प्रदर्शन गरेपछि अहिले खेल्न सजिलो भइरहेको छ।

करणले अन्तिममा थपे, ‘हामीले एसिाय कप खेल्ने लक्ष्य राखेर इन्डिया पाकिस्तानसँग खेल्ने हो भने त अहिले जुन टिम आए पनि हराउनै पर्‍यो नि!’

सन्दीपको कीर्तिमान
‘खुसी लाग्छ। सन्दीपको स्पेलले नेपाली टिमलाई सहयोग गरिरहेको हुन्छ। आवश्यक परेको बेलामा उनी विकेट निकाल्न सक्छन्। त्यसरी आवश्यक परेको बेलामा विकेट निकाल्न सक्ने सन्दीप मात्र हो,’ सोमपालले सन्दीपबारे भनेका छन्।

१०० विकेट लिएपछि खुशी मनाउँदै सन्दीप लामिछाने।

आजको खेलमा पनि सुरुआतबाटै ओमानले निकै सानदार सुरुआत गरेपछि सुरुआति चारमध्ये तीन विकेट सन्दीपले लिएका थिए। त्यो पहिले विकेटसँगै उनले अफगानी बल राशिद खानले बनाएको कीर्तिमान पनि तोडेका छन्।

अहिले सन्दीपले ४२ खेलबाट १०२ विकेट लिइसकेका छन्। अहिलेसम्म सबैभन्दा छिटो एकदिवसीय सय विकेट पुर्‍याउनेमध्येको दुई नम्बरमा पुगेका छन् राशिद खान। उनले सय विकेटको लागि ४४ खेल खर्चिएका थिए भने मिचेल स्टार्कले ५२ खेल लगाएका थिए। यस्तै सक्लेन मुस्ताकले ५३ खेल पर्खिनु परेको थियो।

प्रकाशित: २०८० बैशाख ८ गते शुक्रबार ०७:२३
Sanket

विनय ज्योति सापकोटा

सापकोटा खेलकुद, कला र विज्ञान/प्रविधिमा रुचि राख्छन्।
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना