रुपन्देही- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिने भएका छन्।
दिउँसो ४ बजे बोलाइएको लुम्बिनी प्रदेशसभा बैठकमा सम्बोधनपछि चौधरीले राजीनामा दिने उनले तयारी गरेका हुन्।
कांग्रेस नेता तथा मन्त्री रोज राणाले मुख्यमन्त्री चौधरीले राजीनामा दिने तयारी गरेको बताए।
बुधवारसम्म जसपा, लोसपा, राप्रपासहितका साना दलको समर्थनमा बहुमत जुटाउन दौडधुपमा रहेका चौधरीले राप्रपाबाहेक अन्य दलको समर्थन पाउने आशा नभएपछि विश्वासको मत नलिएर सम्बोधन गरेर राजीनामा दिन लागेका हुन्।
