काडमाडौँ- आयल्यान्ड वुल्भ्सले तीन एक दिवसीय शृंखलाअन्तर्गत अन्तिम खेलमा नेपाल ए लाई २८५ रनको लक्ष्य दिएको छ।
तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा आइतबार आयरल्यान्ड ‘ए’ ले नेपालको ‘ए’ टोलीलाई जितका लागि २८५ रनको लक्ष्य दिएको हाे।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको हो।
आयरल्यान्डका लागि ओपनर ब्याट्सम्यान स्टिफन डोहेनीले उत्कृष्ट शतकीय पारी खेले।
उनले टोलीका लागि १०७ रनको योगदान गरे।
यस क्रममा उनले १२९ बलको सामना गरी २ छक्का र ८ चौका बनाए।
