२०८३ कार्तिक १२ गते बुधबार

एसीसी प्रिमियर कप : ओमनविरुद्ध नेपालको शानदार जित

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख ८
nepal won

काठमाडौँ– एसीसी प्रमियर कप अन्तर्गत ओमनविरुद्धको खेलमा नेपालले शानदार जित निकालेको छ। ३११ रनको लक्ष्य पछ्याएको ओमन २२६ रनमा सीमित भएपछि ८४ रनको फराकिलो अन्तरले नेपाल विजयी भएको हो।

४६.३ ओभरमा ९ विकेट गुमाएको ओमानका ११औं नम्बर ब्याट्सम्यान चोटका कारण ब्याटिङ गर्न गएनन्। यसपछि ओमन २२६ रनमा अलआउट भएको हो।

खेल भइरहेको त्रिवि क्रिकेट मैदानमा हावाहुरीका कारण अन्तिमका केही ओभर डिस्टर्ब भएको थियो। त्यतिबेला ओमानलाई २१ बलमा निर्धारित लक्ष्य भेट्नको लागि ८५ रन आवश्यक थियो। तर ऊ अलआउट भयो। खेलमा रहेका अकिब इलियास फिल्डिङका क्रममा घाइते भएर ब्याटिङमा नआएपछि ओमानको सबै विकेट सकिएको हो।

खेलमा शून्य रनमै सुरुका दुई विकेट गुमाएको नेपालले निकै खराब सुरुआत गरेको थियो। यद्यपि कुशल मल्ल र सोमपाल कामीले शानदार पारी खेलेपछि आठ विकेट गुमाएर ३११ रनको लक्ष्य प्रस्तुत गर्न सफल भएको थियो।

जवाफमा सन्दीप लामिछानेले तीन, दिपेन्द्र सिंह ऐरीले दुईका साथै करण केसी र ललित राजवंशीले एकएक विकेट लिएपछि ओमानले लक्ष्य भेट्न नसकेको हो। खेलमा ललितले ९ ओभरमा २२ रन मात्र खर्चिएर सबैभन्दा किफायती बलिङ गरेका थिए।

नेपालको तुलनामा निकै राम्रो सुरुआत गरेको ओमानमा काश्यप प्रजापतिले २५ र जतिन्दर सिंहले १५ रन बनाएका थिए। तेस्रो र चौथो नम्बरमा मैदान पसेका अदिल शफिक र जिसम मक्सुद पनि १३ र शून्य रनमै आउट भए। यससँगै ओमानको सहज सुरुआतमा धक्का लाग्यो र ५५ रन बनाउँदै ४ विकेट गुमाउन पुग्यो। ती चारमध्ये सन्दीप लामिछानेले तीन विकेट लिएका थिए।

२३ औं ओभरमा आयान खान २९ रन बनाएर आउट हुँदा ९९ रन मात्र भए पनि छैटौं विकेटका लागि ओमानले ९६ रनको साझेदारी गरे। जहाँ करणको बलबाट आउट हुनुअघि मोहम्मद नदिमले ६५ र सन्दिप गोउडले ४६ रन बनाएका थिए। गोउड भने ऐरीको बलबाट पेवेलिन फर्किएका थिए।

ओमनले सहज सरुआत गरेपछि तुलनात्मक रुपमा २५ ओभरसम्म खेलमा लिड गरिरहेको थियो। २५ ओभरबाट पछि परेको ओमन खेलमा फर्किन सकेन।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि पाँचौ नम्बरमा मैदान प्रवेश गरेका कुशल मल्लले सानदार शतक बनाए। नेपालले पुरा ५० ओभर खेल्दै आठ विकेट गुमाएर ३१० रन बनाएको थियो।

ओपनर कुशल भुतेल र आसिफ शेख शून्य रनमै आउट भए पनि दोस्रो र तेस्रो नम्बरका भीम सार्की र रोहित पौडेलले ५४ रनको साझेदारी गरे। र, रोहित पौडेल ३४ बलमा २३ रन बनाएर आउट भए। त्यससँगै नेपालको ब्याटिङमा केही सुधार देखिन सुरु भयो।

चौथो विकेटका रुपमा भीम सार्की ३३ रन बनाएर आउट हुँदा नेपालले ७२ रन मात्र बनाएको थियो। अघिल्लो खेलमा समेत शानदार प्रदर्शन गरेका कुशल मल्लले आज नेपाली ब्याटिङको उद्धार नै गरे। २९ बलमा ५० रन बनाएका कुशलले ५९ बलमा शतक पूरा गरेका थिए।

४१औं ओभरसम्म टिकेका कुशलले ६४ बलमा १९ बाउन्ड्रीसँगै १०८ रन बनाएर पेबेलियन फर्किए। यो रन एक दिवसीयमा नेपाली इतिहासकै पाँचौ सर्वाधिक रन हो भने कुशलको पहिलो शतक हो।

कुशलले आरिफ शेखसँग ७५, दिपेन्द्र सिंह ऐरीसँग २५ र सोमपाल कामीसँग ३९ रनको साझेदारी गरे। खराब अवस्थामा पुगेको नेपाली ब्याटिङलाई कुशल(मल्ल)ले उत्कृष्ट अवस्थामा पुर्‍याए। आरिफले २९, करण केसीले अविजित २९, दिपेन्द्रले सात रन मात्र बनाउन सके भने सन्दीपले ८ रनको योगदान दिए।

४१औं ओभरको चौथो बलमा कुशल आउट भए पनि त्यसपछि सोमपालले अन्तिममा विस्फोटक ब्याट चलाए। उनको ब्याटले ९ बाउन्ड्रीसहित अविजित ६३ रन बनायो। अन्तिममा करण र सोमपालले ६१ रनको साझेदारी गरे।

नेपालविरुद्ध कसिलो बलिङ गरेको ओमानका विलाल खान, कलिमुल्लाह, जिसन मक्सुद, फायाज बट र अकिब इलियास समान एकएक विकेट लिएका थिए। आयान खानले दुई विकेट लिए। कलिमुल्लाहले सबैभन्दा किफायती बलिङ गरे।

प्रकाशित: २०८० बैशाख ८ गते शुक्रबार ०४:४१
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना