२०८३ साउन १३ गते बुधबार

एसीसी प्रिमियर कप : ओमनविरुद्ध नेपालको शानदार जित

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख ८
nepal won

काठमाडौँ– एसीसी प्रमियर कप अन्तर्गत ओमनविरुद्धको खेलमा नेपालले शानदार जित निकालेको छ। ३११ रनको लक्ष्य पछ्याएको ओमन २२६ रनमा सीमित भएपछि ८४ रनको फराकिलो अन्तरले नेपाल विजयी भएको हो।

४६.३ ओभरमा ९ विकेट गुमाएको ओमानका ११औं नम्बर ब्याट्सम्यान चोटका कारण ब्याटिङ गर्न गएनन्। यसपछि ओमन २२६ रनमा अलआउट भएको हो।

खेल भइरहेको त्रिवि क्रिकेट मैदानमा हावाहुरीका कारण अन्तिमका केही ओभर डिस्टर्ब भएको थियो। त्यतिबेला ओमानलाई २१ बलमा निर्धारित लक्ष्य भेट्नको लागि ८५ रन आवश्यक थियो। तर ऊ अलआउट भयो। खेलमा रहेका अकिब इलियास फिल्डिङका क्रममा घाइते भएर ब्याटिङमा नआएपछि ओमानको सबै विकेट सकिएको हो।

खेलमा शून्य रनमै सुरुका दुई विकेट गुमाएको नेपालले निकै खराब सुरुआत गरेको थियो। यद्यपि कुशल मल्ल र सोमपाल कामीले शानदार पारी खेलेपछि आठ विकेट गुमाएर ३११ रनको लक्ष्य प्रस्तुत गर्न सफल भएको थियो।

जवाफमा सन्दीप लामिछानेले तीन, दिपेन्द्र सिंह ऐरीले दुईका साथै करण केसी र ललित राजवंशीले एकएक विकेट लिएपछि ओमानले लक्ष्य भेट्न नसकेको हो। खेलमा ललितले ९ ओभरमा २२ रन मात्र खर्चिएर सबैभन्दा किफायती बलिङ गरेका थिए।

नेपालको तुलनामा निकै राम्रो सुरुआत गरेको ओमानमा काश्यप प्रजापतिले २५ र जतिन्दर सिंहले १५ रन बनाएका थिए। तेस्रो र चौथो नम्बरमा मैदान पसेका अदिल शफिक र जिसम मक्सुद पनि १३ र शून्य रनमै आउट भए। यससँगै ओमानको सहज सुरुआतमा धक्का लाग्यो र ५५ रन बनाउँदै ४ विकेट गुमाउन पुग्यो। ती चारमध्ये सन्दीप लामिछानेले तीन विकेट लिएका थिए।

२३ औं ओभरमा आयान खान २९ रन बनाएर आउट हुँदा ९९ रन मात्र भए पनि छैटौं विकेटका लागि ओमानले ९६ रनको साझेदारी गरे। जहाँ करणको बलबाट आउट हुनुअघि मोहम्मद नदिमले ६५ र सन्दिप गोउडले ४६ रन बनाएका थिए। गोउड भने ऐरीको बलबाट पेवेलिन फर्किएका थिए।

ओमनले सहज सरुआत गरेपछि तुलनात्मक रुपमा २५ ओभरसम्म खेलमा लिड गरिरहेको थियो। २५ ओभरबाट पछि परेको ओमन खेलमा फर्किन सकेन।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि पाँचौ नम्बरमा मैदान प्रवेश गरेका कुशल मल्लले सानदार शतक बनाए। नेपालले पुरा ५० ओभर खेल्दै आठ विकेट गुमाएर ३१० रन बनाएको थियो।

ओपनर कुशल भुतेल र आसिफ शेख शून्य रनमै आउट भए पनि दोस्रो र तेस्रो नम्बरका भीम सार्की र रोहित पौडेलले ५४ रनको साझेदारी गरे। र, रोहित पौडेल ३४ बलमा २३ रन बनाएर आउट भए। त्यससँगै नेपालको ब्याटिङमा केही सुधार देखिन सुरु भयो।

चौथो विकेटका रुपमा भीम सार्की ३३ रन बनाएर आउट हुँदा नेपालले ७२ रन मात्र बनाएको थियो। अघिल्लो खेलमा समेत शानदार प्रदर्शन गरेका कुशल मल्लले आज नेपाली ब्याटिङको उद्धार नै गरे। २९ बलमा ५० रन बनाएका कुशलले ५९ बलमा शतक पूरा गरेका थिए।

४१औं ओभरसम्म टिकेका कुशलले ६४ बलमा १९ बाउन्ड्रीसँगै १०८ रन बनाएर पेबेलियन फर्किए। यो रन एक दिवसीयमा नेपाली इतिहासकै पाँचौ सर्वाधिक रन हो भने कुशलको पहिलो शतक हो।

कुशलले आरिफ शेखसँग ७५, दिपेन्द्र सिंह ऐरीसँग २५ र सोमपाल कामीसँग ३९ रनको साझेदारी गरे। खराब अवस्थामा पुगेको नेपाली ब्याटिङलाई कुशल(मल्ल)ले उत्कृष्ट अवस्थामा पुर्‍याए। आरिफले २९, करण केसीले अविजित २९, दिपेन्द्रले सात रन मात्र बनाउन सके भने सन्दीपले ८ रनको योगदान दिए।

४१औं ओभरको चौथो बलमा कुशल आउट भए पनि त्यसपछि सोमपालले अन्तिममा विस्फोटक ब्याट चलाए। उनको ब्याटले ९ बाउन्ड्रीसहित अविजित ६३ रन बनायो। अन्तिममा करण र सोमपालले ६१ रनको साझेदारी गरे।

नेपालविरुद्ध कसिलो बलिङ गरेको ओमानका विलाल खान, कलिमुल्लाह, जिसन मक्सुद, फायाज बट र अकिब इलियास समान एकएक विकेट लिएका थिए। आयान खानले दुई विकेट लिए। कलिमुल्लाहले सबैभन्दा किफायती बलिङ गरे।

प्रकाशित: २०८० बैशाख ८ गते शुक्रबार ०४:४१
प्रतिक्रिया

थप समाचार

अर्जेन्टिनाका लियोनेल मेस्सी उत्कृष्ट खेलाडी घोषित

काठमाडौं। अन्तरर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस)ले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी घोषित गरेको छ। विश्वभरका १२१ देशका ४७२ खेल पत्रकारको...

यसपटकको विश्वकपबाट फिफाले गर्‍यो १५ अर्ब डलरको कीर्तिमानी आम्दानी

फिफाले यस गृष्मकालीन विश्वकपबाट १५ अर्ब अमेरिकी डलरको कीर्तिमानी आम्दानी गरेको छ। यो आम्दानी सुरुमा लक्ष्य राखिएको ११ अर्ब डलरभन्दा निकै बढी हो। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार...

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी, सदस्य राष्ट्रका संघलाई बढ्नेछ सहयोग

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताबाट करिब १५ अर्ब अमेरिकी डलर आम्दानी भएको जानकारी दिएका छन्। यो रकम प्रतियोगिता सुरु हुनुअघि गरिएको ११ अर्ब डलरको अनुमानभन्दा उल्लेखनीय रूपमा...

मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ

ब्युनस आयर्स, एएफपी। स्पेनसँग १–० ले पराजित हुँदै अर्जेन्टिनाले विश्वकप उपाधि जोगाउने अवसर गुमाएपछि देशभर निराशा छाएको छ। समर्थकहरूका लागि यो हार केवल उपाधि गुमाउनु मात्र नभई विश्व फुटबलका...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना