काठमाडौं- एफए कपमा म्यानचेस्टर सिटी विजयी भएको छ। सिटीको इतिहाद रंगशालामा सम्पन्न खेलमा फरवार्ड रियाद महरेजले ह्याट्रिक प्रहार गरेका छन्। उनको ह्याट्रिक सहयोगमा सिटीले सेफिल्ड युनाइटेडविरुद्ध ३–० को जित निकालेको हो।
खेलको ४३औं मिनेटमा पेनाल्टीमार्फत् पहिलो गोल गरेका महरेजले ६१ र ६६औं मिनेटमा पनि गोल गरेका थिए।
लिगमा लिभरपुल र लेस्टर सिटी विजयी
गएरातिकै अर्को खेलमा भने लिभरपुलले ३–२ को जित निकालेको छ। नतिजा साँघुरो देखिए पनि लिभरपुलले ८१ प्रतिशत समय बलमा नियन्त्रण बनाएको थियो।
लिभरपुललाई जित दिलाउन डियागो जोटाले ४७ र ५५औं मिनेटमा गोल गरे भने मोहम्मद सलाहले ७०औं मिनेटमा गोल गरेका थिए।
यता शनिबार राति नै लेस्टर सिटीले उल्भ्सलाई २–१ ले हराएको छ।
