काठमाडौँ- इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ जारी छ। जारी आईपीएलकाे गएराति भएकाे खेलमा मुम्बई रोयल च्यालेन्जर्सले बेंगलोरमाथि ७ विकेटको सानदार जित हात पारेको छ।
१९७ रनको लक्ष्य मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो। मुम्बईका ईशान किशनले ३४ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ६९ रन बनाए।
मुम्बईका जस्प्रित बुमराहले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए। जेराल्ड कोट्जी, आकाश माधवाल र श्रेयस गोपालले १/१ विकेट लिए।
सूर्यकुमार यादवले १९ बलमा ५ चौका र ४ छक्कासहित ५२ रनको आक्रामक क्रिकेट खेल्दै पुनरागमन गरे।
रोहित शर्मा २४ बलमा ३ चौका र ३ छक्कासहित ३८, हार्दिक पान्ड्या २१ र तिलक बर्मा १६ रन बनाए।
बेंगलोरका आकाश दीप, विजयकुमार वैश्यक र विल ज्याक्सले १/१ विकेट लिए।
त्यसअघि वानखडे स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंगलोरले २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो। बेंगलोरका कप्तान फाफ डु प्लेसिसले ४० बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाएका थिए।
रजत पाटिदार २६ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा आउट भए। दिनेश कार्तिकले २३ बलमा ५ चौका र ४ छक्कासहित ५३ रनमा नट आउट रहे। विराट कोहली ३, विल ज्याक्स ८ र ग्लेन म्याक्सवेल शून्यमा आउट भए।
मुम्बई ५ खेलमा २ मा जित र ३ मा हारसहित सातौं स्थानमा छ। बेंगलोर ६ खेलमा १ मा जितसहित नवौं स्थानमा छ। राजस्थान रोयल्स ५ खेलमा ४ मा जितसहित ८ अंक जोड्दै शीर्षस्थानमा छ।


