काठमाडौँ- एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले कतारलाई २११ रन विसाल लक्ष्य दिएको छ। दिपेन्द्र सिंह ऐरीको विष्पोटक ब्याटिङमा नेपालले कतारलाई २११ रनको लक्ष दिएको हो। ऐरीले ६ बलमा ६ छक्का हानेका छन्।
उनले जम्मा २१ बल खेलेका उनले ७ छक्का र ३ चौकाको मद्दतमा ६४ रन बनाएका हुन्।
ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१० रन बनाएको हो।
त्यस्तै आसिफ शेखले ५२, कुशल मल्लले ३५, रोहित पौडेलले १८ र कुशल भुर्तेलले १२ रन जोडे।


