२०८३ साउन १३ गते बुधबार

उपधारा ३ बाट २ तिर फर्कियो सुदूरपश्चिम

 |  तीर्थराज निरौला
Sanket

तीर्थराज निरौला

काठमाडौँ, बैशाख २
naupa
रेशम पक्षका लक्ष्मणकिशोर र रञ्जिता पक्षका कैलाश (दायाँ)।

काठमाडौँ- सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि दिइएको समय सीमा आइतबार साँझ ५ बजे सकिँदै छ। मुख्यमन्त्रीमा दाबी गर्न जाने समय अन्तिम घडीमा पुगे पनि अहिलेसम्म कुनै पनि दलले सरकार गठनका लागि दाबी पेस गरेका छैनन्।

निर्णायकको भूमिकामा रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले मुख्यमन्त्री पाउने गठबन्धनमा सहमति भएको बताइएको छ। तर, पार्टी भित्रको आन्तरिक विवादका कारण कसलाई मुख्यमन्त्रीका रुपमा अगाडि बढाउने भन्ने विषय टुङ्गिएको छैन।

नाउपामा अध्यक्ष रञ्जिता पक्षले कैलाश चौधरी र संरक्षक रेशम चौधरी पक्षले लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीका रूपमा अघि सारेपछि विवाद छ। कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।

प्रदेश प्रमुख मियाँले सरकार गठनका लागि आह्वान गर्दा धारा १६८ (२) बमोजिम आउन भनेका छन्। यसरी सरकार गठनका लागि आह्वान गर्दा संविधानको धारा १६८ (३) को अभ्यास गरिसकेपछि संविधानको अघिल्लो धारामा प्रदेश प्रमुख मियाँ फर्किएका हुन्। धारा १६८ (३) अनुसार मुख्यमन्त्रीमा नियुक्त कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।

यसअघिका मुख्यमन्त्री कमल शाह प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको हैसियतमा संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री भएका थिए। संविधानको धारा १६८ (३) मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा पनि मुख्यमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ।

संविधानको व्यवस्था

नेपालको संविधान धारा १६८ को व्यवस्था

यसरी संविधानको धारा १६८ को उपधारा (३) बाट फर्किएर सोही धाराको उपधारा (२) अन्तर्गत फर्किएर सरकार गठनका लागि आह्वान गरेको विषयलाई नेपाली कांग्रेसले पनि सहज रूपमा नै लिएको छ। संविधानको मान्यता एक उपधाराको अभ्यासपछि पछिल्लो उपधारामा सर्ने भएपनि अब उपधारा ५ अनुसारको सरकार गठन गर्दा अस्थिरता हुने भएकाले त्यस्तो अवस्था सिर्जना गर्न नहुने पक्षमा कांग्रेस छ। उपधारा ५ अनुसारको सरकार गठनका लागि आह्वान गर्दा प्रदेश सभा विघटन भएर मध्यावधि निर्वाचनतर्फ जान सक्ने भएकाले उपधारा (२)तर्फ फर्किएर प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेको विषयलाई स्वाभाविकै रूपमा लिएको नेपाली कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामीले बताए।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई पटक सम्म गरेको प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतले पनि सरकार बन्ने अवस्था रहेसम्म सरकार गठन नै गर्नुपर्ने नजिर स्थापित गरिदिएको पनि उनले स्मरण गरे।

सुदूरपश्चिममा सरकार गठनका लागि दाबी पेस गर्ने अन्य दलको धारणा अनुसार नेपाली कांग्रेसले धारणा बनाउने धामीले बताए। मुख्यतया नेपाली कांग्रेसले नागरिक उन्मुक्ति पार्टीले गर्ने निर्णयलाई चासोपूर्वक हेरिहरेको छ। नागरिक उन्मुक्तिलाई सरकार गठनका लागि आवश्यक बहुमत जुट्ने अवस्था सिर्जना हुन नदिने बरु उन्मुक्तिका सांसदलाई आफ्नो पक्षमा ल्याएर बहुमत जुटाउँदै सरकारका लागि दाबी गर्ने रणनीति कांग्रेसको छ।

नाउपामा अध्यक्ष रञ्जिता पक्षले कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउन चाहेकी छन्। तर पार्टीका संरक्षक रेशम चौधरीले रञ्जिता पक्षको कुरालाई साकार पार्न नदिने रणनीतिमा छन्। पार्टीमा रञ्जिता-रेशमको विवाद बढेपछि रञ्जिताले आफ्नो पक्षमा नभएका धनश्याम चौधरीलाई कारबाही गरएको भन्दै सभामुखलाई पत्र पठाएकी थिइन्। तर उनले गरेको कारबाहीको प्रक्रिया नमिलेको प्रदेश सभा सचिवालयले बताएको छ।

संरक्षक चौधरीका पक्षमा नाउपाका बहुमत सांसद छन्। उनीहरू लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीका रूपमा अघि सारेका छन्। पार्टीको संस्थापक केन्द्रीय सदस्य भएकाले र आफ्नो पक्षमा बहुमत बहुमत सांसद रहेकाले आफूले मुख्यमन्त्रीमा दाबी गर्ने र त्यसलाई पार्टी अध्यक्षले रञ्जिता श्रेष्ठले पनि मनन गर्ने उनको भनाइ छ। ‘हामीहरू मुख्यमन्त्रीमा दाबी गर्नका लागि तयार भएर बसेका छौँ,’ उनले भने,’मुख्यमन्त्रीमा दाबी गर्नका लागि हाम्रो मात्र दलको संख्याले नपुग्ने भएकाले अन्य दलसँग पनि छलफल गरेर अन्तिम निष्कर्षमा पुग्न लागेका छौँ। केही प्राविधिक कुरा मिलाउन बाँकी छ।’ आफूहरू सकेसम्म धेरै दलको समर्थन लिन पक्षमा रहेको उनको भनाइ छ।

उता रञ्जिता पक्षका कैलाशले भने केन्द्रबाट सबै विषय टुंगिएर आइसकेकाले सोही अनुसार प्रदेशमा पनि निर्णय हुने बताए। यद्यपि त्यसका लागि अन्तिम छलफल चलिरहेको बताए। ‘केन्द्रबाट सबै विषय टुंगिएको छ। सोही अनुसार सुदूरपश्चिममा नाउपाले मुख्यमन्त्रीमा दाबी पेस गर्छ,’ उनको भनाइ छ।

प्रकाशित: २०८१ बैशाख २ गते आईतबार ११:३०
प्रतिक्रिया

थप समाचार

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत्...

मन्त्री श्रेष्ठले गरे दुई विभागको नेतृत्व हेरफेर, विद्युत्‌मा गौतम र सिँचाइमा डा. श्रेष्ठ

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् विकास विभाग र सिँचाइ विभागको नेतृत्व परिवर्तन गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै दुवै विभागमा नयाँ...

सर्वदलीय बैठकको सातबुँदे वक्तव्यः अफवाह नफैलाउन र शान्ति कायम राख्न आग्रह

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चासो...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना