काठमाडौँ- अर्घाखाँची सिमेन्टले प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ ।
कम्पनीले आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
यससम्बन्धी सम्झौतापत्रमा अर्घाखाँची सिमेन्टका चिफ फाइनान्सिएल अफिसर राजु पौडेल तथा एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन्।
तोकिएका सम्पूर्ण प्रक्रिया पूरा गरी सक्दो छिटो आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाइने चिफ फाइनान्सिएल अफिसर पौडेलले बताए।


