काठमाडौँ- नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी)द्वय उमेश राज जोशी र भिमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिसमा परेका छन्।
नेपाल प्रहरीमा ५६ वर्ष उमेर पुगेपछि अनिवार्य अवकासक पाइन्छ। जसका कारण वैशाख ५ मा एआईजी सन्दीप भण्डारी र वैशाख ७ मा एआईजी मिरा चौधरी थारु अवकाशमा जाँदैछन्। त्यसपछि रिक्त हुने २ पदमा जोशी र ढकाल सिफारिसमा परेका हुन्।
नेपाल प्रहरीमा उमेर हदका कारण अवकाश भई रिक्त हुन आउने एआईजी पदमा जोशी र ढकाललाई बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको हो।
जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा र ढकाल प्रहरी प्रधान कार्यालय नक्शालमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन्।
जोशी ७३.८३६८ प्राप्ताङ्कसहित पहिलो नम्बरमा बढुवा सिफारिसमा परेका छन्। ढकालको प्राप्ताङ्क ७३.६३०६ छ।
