काठमाडौँ- ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले आज साउदी अरबसँग खेल्ने भएको छ। नेपाली समय अनुसार ११ः४५ बजे ओमानको अमरेत क्रिकेट ग्राउन्ड २ मा खेल हुने छ।
आजको खेल नेपालका लागि समूह चरणको अन्तिम खेल हो। यस अघि नै नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगी सकेको छ। त्यसैले आजको खेल नेपाललाई प्रतिष्ठाका लागि मात्रै हुनेछ।
साउदी अरेबिया ३ खेलमा २ मा हार र एकमा जितसहित २ अंकका साथ तेस्रो स्थानमा छ। नेपाललाई हराउन सके ४ अंकका साथ सेमिफाइनल खेल्ने साउदीको बलियो सम्भावना छ।
नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो। साउदीले हङकङविरुद्ध २०२ रन बनाउँदै ५५ रनको जित हात पारेको थियो। मलेसियासँग १२ रन र कतारसँग १५ रनले हारेको थियो।


