काठमाडौँ- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घराज सोडारी नियुक्त भएका छन्।
एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थन आफूलाई भएको भन्दै सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ।
साेडारीलाई बिहीबारै शपथ दिलाउने तयारी प्रदेश प्रमुख नाजिर मियाँले गरेका छन्।
आफूलाई एमालेका १०, माओवादीका १०, नेकपा एसका ४ र नाउपाका ७ जनाको दाबी सोडारीले गरेका छन्।


