२०८३ कार्तिक ११ गते मङ्गलबार

सातदोबाटोलाई सहज छैन शीर्षस्थानको ब्याटल, खस्कँदै प्रर्दशन

 |  विनय ज्योति सापकोटा
Sanket

विनय ज्योति सापकोटा

काठमाडौँ, बैशाख १०
satdobato(3)

काठमाडौँ- आइतबार दिउँसो च्यासल रंगशालामा हिमालयन शेर्पालाई हराएर सातदोबाटो क्लब लिग तालिकाको दोस्रो स्थानमा पुग्न चाहन्थ्यो। त्यसैपनि लगातार जित निकालेर शीर्षस्थानमा पाँच अंकको अग्रता बनाइसकेको जावलाखेल युवा क्लबलाई दबाब दिन दोस्रो स्थानको भिडन्त पेचिलो बन्दै गइरहेको थियो।

सातदोबाटोलाई आजको खेलमा स्पष्ट जितको आवश्यकता थियो। सातदोबाटो शेर्पाविरुद्ध जित निकालेर जावलाखेलसँगको अंकान्तर घटाउने योजनामा थियो। तर, नतिजा भने योजना अनुरुपको निस्किएन। सातदोबाटो शेर्पासँग २–२ को बराबरीमा रोकियो।

शीर्षस्थानको ब्याटलमा रहेको सातोबाटोले रेलिगेसन जोनको टिमसँग बराबरी खेल्नुले उसको प्रदर्शन खस्किएको संकेत गरेको छ। ‘पछिल्ला खेलमा हाम्रो प्रदर्शन खस्किरहेको थियो। तर आज हामी राम्रो प्रदर्शन गरेर जित निकाल्ने र दोस्रो स्थानमा पुग्ने कोसिसमा थियौँ। तर सकिएन,’ खेलपछि सातदोबाटोका प्रशिक्षक सनोज श्रेष्ठले भने। 

खेलमा हिमालयन शेर्पाले पनि जितको लागि खेलेको प्रशिक्षक सुमन श्रेष्ठले बताए। तर हिमालयन शेर्पा दुवै पटक गोल डाउनको अवस्थाबाट मुस्किलले मात्र बराबरी गरेको थियो।

‘नहुनु भन्दा एक अंक पनि ठिकै हो भन्नुपर्छ। हामीले पाएको अवसरमा स्कोर गर्न सकेका छैनौँ। र आत्तिएको जस्तो पनि देखिएको छ,’ प्रशिक्षक सुमनले भने। खेलको ४६औं सेकेन्डमै गोल गरेर सातदोबाटोले खेलमा अग्रता बनाएको थियो। पासाङ लामाले बायाँ साइडबाट लामो क्रस गरेपछि दिपक राज सिंह ठकुरीले हेडर गोल गरेका थिए।

योजना अनुसार पहिलो गोल गरेपछि २० मिनेटसम्म बल पोसेन बनाएर अवसर पाएपछि गोल गर्ने गेमप्ले थियो। तर फरवार्ड र मिडफिल्डरले त्यो समयमा अट्याकिङ थर्डमा राम्रो प्रहार गर्न सकेनन्।

विलियम ओपोकु, निरज र दिपकले पोस्टबाहिर धेरै प्रहार गरे। अट्याकमा कम्बिनेसन नै मिलेन। ‘हामीले योजना बनाएअनुसार २० मिनेट त ठिकै भएको थियो। तर, दोस्रो हाफमा डिफेन्स लाइनअलिकति बिग्रियो,’ सनोजले गोल खानुको कारणबारे भनेका छन्।

त्यसँगै पहिलो हाफमा सातदोबाटो १–० ले अघि थियो। त्यसपछि अग्रता बचाउने र जित निकाल्ने लक्ष्य राखेको सातदोबाटोले ७२ औं मिनेटमा गोल खान पुग्यो। निशान लिम्बूले अबायोमीको क्रसमा पोस्टअघिबाट गोल गरे।

‘उनलाई नेपालको वातावरणले साथ दिइरहेको छैन। बिरामी भइरहेका छन्। स्वास्थ्यमा समस्या आइरहेको छ। सोही कारण अन्तिममा खेलाएको हो।’

७९औं मिनेटमा सातदोबाटोले फेरि अग्रता बनाइहाल्यो। सरदोबेक मत्मुरभको पासमा दिपले व्यक्तिगत दोस्रो गोल गरे। ‘पहिलो हाफमा पनि दोस्रो हाफमा पनि योजना अनुरुपकै समयमा गोल निस्किएको थियो। तर हामीले त्यो गोललाई बचाउन सकेनौँ,’ सनोजले भने।

दीपकले गोल गरेको तीन मिनेटमै हिमालयन शेर्पाका सुशील राईले गोल फर्काए। यो बराबरीसँगै सातदोबाटोको दोस्रो स्थानमा पुग्ने सपना सकिएको हो। सनोजले यसलाई टिमको स्कोरमा घाटा लागेको बताएका छन्। ‘हामीले डिफेन्समा टाइट गरेर अग्रता बचाउने लक्ष्य राखेका थियौँ। खेलाडी परिवर्तन गर्दा गर्दै गोल खाइहाल्यौँ,’ अन्तिम गोलबारे सनोजले भने।

सातदोबाटोले उज्वेकिस्तानका सर्दोबे र सर्बियाका इभान पेरिसिचलाई अनुबन्ध गरेको छ। सर्दोबेक सुरुआति ११ मा रहे भने इभान अन्तिम १५ मिनेट बाँकी रहँदा मात्र मैदान छिरेका थिए।

इभानबारे गरिएको प्रश्नमा सातदोबाटोका प्रशिक्षक सनोजले भने, ‘उनलाई नेपालको वातावरणले साथ दिइरहेको छैन। बिरामी भइरहेका छन्। स्वास्थ्यमा समस्या आइरहेको छ। सोही कारण अन्तिममा खेलाएको हो।’

खेलमा मुस्किलले हारबाट जोगिएको हिमालयन शेर्पाका प्रशिक्षक सुमनले आफ्नो टिमले दुई जना मात्र विदेशी खेलाडी खेलाइरहेको कारण राम्रो गर्न नसकेको बताए। ‘खेलमा ७० देखि ८० प्रतिशत विदेशी खेलाडी नै खेलिरहेका छन्। कि त युवा खेलाडीले। हामीले दुई मात्र विदशी खेलाडी राखेको कारण सजिलो भइरहेको छैन।’

आज जित निकाल्न नसकेपछि हिमालयन शेर्पा अझैसम्म पनि रेलिगेसन जोनमा नै छ। तर, अब खेलमा सुधार गर्दै जित निकाल्ने र रेलिगेसजन जोनबाट फुत्किने योजना रहेको प्रशिक्षक सुमनको भनाइ छ। आजको बराबरीपछि हिमालयन शेर्पाको १० अंक भएको छ भने सातदोबाटोको १८ अंक छ।

प्रकाशित: २०८० बैशाख १० गते आईतबार ०९:२३
Sanket

विनय ज्योति सापकोटा

सापकोटा खेलकुद, कला र विज्ञान/प्रविधिमा रुचि राख्छन्।
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना