काठमाडौँ- देशका धेरै ठाउँमा ह्वात्तै गर्मी बढेको छ। काठमाडौँ तापक्रम ३३ डिग्री सेल्सियस पनि कटिसकेको छ।
तराईका अधिकांश जिल्लामा ४० डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ।
बढ्दो गर्मीको कारण तातो हावा लु चल्दा तराइको जीविका कष्टकर बनेको छ।
तातो हावाले वायुप्रदुषण हुने र यसले बालबालिका, वृद्धवृद्धा र बिरामीको श्वासप्रश्वासमा असर गर्ने चिकित्सकहरू बताउँछन्।
गर्मीको बेला शरीरमा पानीको अभाव हुँदा स्वास्थ्य समस्या देखिने र डिहाइड्रेसन समेत हुनसक्ने चिकित्सक बताउँछन्।
गर्मीको समयमा पानीसँगै प्रशस्त पानी पाइने फलफूल र तरकारी खाने तथा प्रशस्त पानि पाइने फलफुल खर्बुजा, मेवा, गोलभेडा, मुला, गाजर जस्ता शरीरलाई शीतल दिने फलफूल र तरकारी खानु पर्ने विज्ञहरुको सुझाव छ।


















