काठमाडौँ– सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।
न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश दिएको हो।
रायमाझीसहित टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, डा इन्द्रजित राई, सानु भण्डारीलाई भने थुनामै राख्न आदेश भएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रायमाझीसहितले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश आएको हो।
सर्वोच्चलाई एक जनालाई साधारण तारेखमा राख्न र दुई जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
हज समितिका अध्यक्ष शमशेर मियाँलाई साधारण तारेखमा रिहा भएका छन् भने कांग्रेस नेता आङटावा शेर्पालाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।
यस्तै गोविन्द कुमार चौधरीलाई पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ।
उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि रायमाझीसहितका प्रतिवादीहरूले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए।


