२०८३ कार्तिक २४ गते सोमबार

सर्वोत्तम सिमेन्टले पारित गर्‍यो १५ प्रतिशत लाभांशको प्रस्ताव

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख १४
Sarbottam Cement 5th AGM

काठमाडौँ– सर्वोत्तम सिमेन्ट लिमिटेडको साधारण सभाले सेयरधनीहरूलाई १५ प्रतिशत ( कर सहित) नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ। वैशाख १२ गते रुपन्देहीको भैरहवास्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न पाचौँ साधारण सभाले यस्तो प्रस्ताव पारित गरेको हो।

सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ.व. २०७१/०८० को नाफा नोक्सान हिसाब सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण, आर्थिक वर्ष २०८० / ०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गरेको छ।

सभाले संस्थापक शेयरधनी समूहबाट ५ (पाँच) जना संचालकहरु विष्णु प्रसाद न्यौपाने, विमल कुमार सावरथिया, टिकाराम न्यौपाने, तेन्जीङ लाग्देन तामाङ, उत्सब न्यौपाने र सर्वसाधारण शेयरधनीबाट शिव सिंह कार्कीलाई सञ्चालकमा निर्वाचित समेत गरेको छ। स्वतन्त्र संचालकमा  नेहा अग्रवाललाई मनोनित गरिएको छ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष केसीले सर्वोत्तम सिमेन्टलाई उत्कृष्ट कम्पनी बनाउने प्रतिबद्धता जनाए।

सिमेन्टले हालसम्म ६ करोड ७२ लाख ६८ हजार ०२१ बोरा सिमेन्ट र २८ लाख ८६ हजार १६६ टन किल्ङ्ककर उत्पादन गरी बिक्री गर्न सफल भएको जानकारीसमेत उनले गराए।

उद्योगसँग ३००० मेट्रिकटन प्रतिदिन उत्पादन क्षमता भएको सिमेन्ट प्लान्ट तथा ३००० मेट्रिकटन प्रतिदिन क्षमता भएको क्लिंकर प्लान्ट छ।

आइएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण-मैत्री प्रमाणित र नेपाल गुणस्तरका साथै भारत गुणस्तरबाट समेत प्रमाणित भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रीन सर्वोत्तम ओपीसी र सौरभ ग्रीन पिपीसी ब्राण्डका सिमेन्ट उत्पादन गर्दै आएको छ।

भारतमासमेत निर्यात गर्दै आएको सिमेन्टले सहायक कम्पनीमार्फत झापा भद्रपुरमा दैनिक ३०० टन क्षमताको मनषा सिमेन्ट इन्डष्ट्रिज प्रालि खरिद गरी हाल परीक्षण उत्पादन सुरु गरेको छ।

प्रकाशित: २०८१ बैशाख १४ गते शुक्रबार ११:३४
प्रतिक्रिया

थप समाचार

WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना