२०८३ साउन १३ गते बुधबार

सन्तुष्ट छैनन् आन्दोलनको अग्रमोर्चामा देखिने पेसाकर्मी

 |  रासस
Sanket

रासस

काठमाडौँ, बैशाख ११
Nepal ko dosro janaaandolan 206263

काठमाडौं –  ‘राष्ट्रपति जनताकै छरछरी, यही हो लोकतन्त्र. . .’ जनआन्दोलनताका बाल गायकका रूपमा चिनिएका रूविन गन्धर्व अहिले युवा भइसके। आन्दोलनमा सक्रिय हुनेहरूका लागि त्यो राप र ताप भने अझै सेलाएको छैन। आन्दोलनका बेला अरू धेरै जनकलाकारका त्यस्ता आवाज हरेक दिन सडकमा गुञ्जिएका कुराहरू स्मरणमा आइरहन्छन्।

तत्कालीन नेकपा (माओवादी) र सात राजनीतिक दलको नेतृत्वमा २०६२/०६३ मा भएको लोकतान्त्रिक जनआन्दोलनबाट संसद् पुनःस्थापना गरी दलहरूको मार्गचित्रमा मुलुकलाई हिँडाउन तत्कालीन राजा ज्ञानेन्द्र शाहले घोषणा गरेको दिनलाई आज लोकतन्त्र दिवस मानिँदै आएको छ।

पुनःस्थापित संसद्को २०६३ जेठ १५ को बैठकले दुई सय ४० वर्षको राजतन्त्रको अन्त्यसँगै गणतन्त्रको घोषणा गरेको थियो। यही मार्गचित्रबमोजिम पहिलो संविधानसभाको निर्वाचन भएर संविधानको मस्यौदा निर्माणमा काम गरे पनि संविधान जारी हुन सकेत तर अर्को संविधानसभाबाट २०७२ असोज २ गते नेपालको संविधान जारी भयो। त्यसले सैद्धान्तिकरूपमा गणतन्त्रलाई संस्थागत गरी मुलुकलाई विकास, स्थिरता र सुशासनका साथै आर्थिक समृद्धिको चरणमा प्रवेश गरायो तर व्यवहारतः आमजनताको जीवनमा त्यसलाई रूपान्तरणको कार्य पूरा भएको छैन।

गणतन्त्रमा हुने खाने र पहुँचवालालाई उन्मुक्त स्वतन्त्रता भएको टिप्पणी छ। गिट्टी कुट्ने, हलो जोत्ने र काम गरेर परिवार पाल्नेहरूका लागि अझै गणतन्त्रले परिवर्तन दिन नसकेको अनुभूति पछिल्ला निर्वाचनका परिणामले पनि दिइरहेको छ।

‘त्यसबेला शासनसत्तामा अधिनायकवादी सोच अन्त्य हुन्थ्यो भन्ने थियो तर अहिले भुरे टाकुरे नयाँ राजाहरूको समस्या देशले भोगिरहेको छ। देशमा आर्थिक सङ्कट छ। आमजनताले शिक्षा, स्वास्थ्य र आधारभूत सुविधा पाउन सकेका छैनन्।’

जनआन्दोलनका बेला गायक रामेश र रायनका ‘एक जुगमा एक दिन एकपटक आउँछ…’ देउडा गायक नन्दकृष्ण जोशीको ‘झ्याम्म झ्याम्म…’, गायक जीवन शर्माको ‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको…’, जेबी टुहुरेको ‘आमा दिदी बैनी हो…’ जस्ता लोकप्रिय स्वरहरू अहिले पनि मानिसका मस्तिष्कमा घन्किरहेको भान हुन्छ। आन्दोलन र राजनीतिक परिवर्तनको जगमा मुलुकमा नयाँ संविधान आयो। राजतन्त्र गयो तर जनताका अपेक्षा कति पूरा हुँदै गए भन्ने बुझ्न आन्दोलनकै बेलामा स्थापित गायक बद्री पङ्गेनीको केही वर्ष पहिलेको यो बोल काफी छ –

‘कहिले आउँछ पिएमज्यू सिगात्सेको रेल

भर्न मन छ पिएमज्यू चाइनाको तेल

गरिबको झुपडी कहिले बन्ने हो’

तत्कालीन शाही सरकारले सडकमा लगाएका कफ्र्यु तोडेर केन्द्रीय राजधानी काठमाडौँ र मुलुकका अन्य स्थानमा तत्कालीन सात राजनीकि दल र नेकपा (माओवादी)को नेतृत्वमा २०६२/०६३ मा भएको त्यो ऐतिहासिक आन्दोलनमा पेसागत क्षेत्रको सक्रियता र अगुवाइ उत्प्रेरक र सङ्घर्षपूर्ण थियो। दलका नेता र कार्यकर्ता खुलेआम सडकमा निस्कन कठिन भएको समयमा निषेधाज्ञा तोडेर सडक तताउन नागरिक समाज, कानून व्यवसायी, पत्रकार, चिकित्सक, प्राध्यापक, शिक्षक, इञ्जिनीयरलगायतका छाता नागरिक सङ्गठन अग्रिम मोर्चामा थिए। त्यसबेला छाता सङ्गठन मिलेर शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सञ्जाल बनाएका थिए। सडकमा सुरक्षाकर्मीको गोली र लाठी खेपेर घाइते हुँदा पनि दल र आमजनतालाई आन्दोलनमा आउन ऊर्जा भर्ने काम यही सञ्जालले गरेको थियो।

ती दिनहरू सम्झिएर अहिलेको राजनीतिक स्थितिलाई मूल्याङ्कन गर्न आग्रह गर्दा पापडमा आबद्धमध्येको एक नेपाल बार एशोसिएसनका तत्कालीन अध्यक्ष शम्भु थापाले लामो कुरा गरिरहनुनपर्ने र लोकतन्त्र नै मृत्युशय्या परेको छ भन्ने टिप्पणी गर्दा पर्याप्त हुने जवाफ दिए।

‘नेताहरूले जनताको भावनालाई गम्भीर भएर बुझ्न आवश्यक छ। उपनिर्वाचनको परिणामलाई ठूला दलले सामान्यरूपमा लिएमा भविष्यका चुनावमा ठूला दलको हैसियत कस्तो हुन्छ भन्ने आकलन गर्न सकिन्छ।’

‘आन्दोलनमा जनताको जनादेश परिवर्तन समाजवाद थियो। समाजवादोन्मुख भनेर नयाँ संविधान आयो तर अहिले पनि कुनकुन कानून समाजवादका लागि घातक छ भनेर सोच्ने र हेर्ने फुर्सद सत्ताका व्यवस्थापकमा देखिएको छैन,’ वरिष्ठ अधिवक्ता थापाले भने, ‘लोकतन्त्र बलियो बनाउन समाजवादअनुकूल कानून बनाउनुपर्छ। न्यायालयलाई बलियो तुल्याउनुपर्छ। अर्थतन्त्रलाई जनताका आवश्यकता र हितबमोजिम परिचालन गर्न सक्नुपर्छ। दुर्भाग्य अहिले नेताहरूलाई यसमा ध्यान दिन समय छैन।’

लोकतान्त्रिक आन्दोलनताका नेपाल पत्रकार महासङ्घका अध्यक्ष रहेका विष्णु निष्ठुरी गणतन्त्रान्त्रिक आन्दोलनमा सक्रिय पेसागत र बौद्धिक पेसा सङ्गठनहरूलाई ठूला र परिवर्तनकारी दलहरूले खुसी तुल्याउन नसकेको गुनासो गर्छन्। मुख्य दलहरू सत्ताप्राप्तिको खेलमा मात्रै व्यस्त रहँदा जनस्तरमा विकल्पको खोजीसमेत भएको ताजा चुनावको परिणामले सङ्केत दिएको वरिष्ठ पत्रकार निष्ठुरीको भनाइ छ। उनी भन्छन्, ‘नेताहरूले जनताको भावनालाई गम्भीर भएर बुझ्न आवश्यक छ। उपनिर्वाचनको परिणामलाई ठूला दलले सामान्यरूपमा लिएमा भविष्यका चुनावमा ठूला दलको हैसियत कस्तो हुन्छ भन्ने आकलन गर्न सकिन्छ।’

नेपाल चिकित्सक सङ्घका तत्कालीन महासचिव डा केदारनरसिंह केसी लोकतन्त्र आएपछि आमूल परिवर्तन हुन्छ, गरीब जनताको मुक्ति हुन्छ भनेर आफूहरूले गरेको लडाइँको मूल्य प्राप्त नभएको बताउँछन्। जनआन्दोलन घाइते सङ्घका अध्यक्ष डा केसीले भने, ‘त्यसबेला शासनसत्तामा अधिनायकवादी सोच अन्त्य हुन्थ्यो भन्ने थियो तर अहिले भुरे टाकुरे नयाँ राजाहरूको समस्या देशले भोगिरहेको छ। देशमा आर्थिक सङ्कट छ। आमजनताले शिक्षा, स्वास्थ्य र आधारभूत सुविधा पाउन सकेका छैनन्।’

डा केसीका विचारमा सत्ताका व्यवस्थापकमा सुधार र समयसापेक्षित नेतृत्व हस्तान्तरणका साथै समानुपातिक कोटाको गलतरूपमा गरिएको प्रयोग रोक्न संविधानमा संशोधन आवश्यक छ।

प्रकाशित: २०८० बैशाख ११ गते सोमबार ०५:५२
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

संसद् बैठकमा बोल्न नपाएपछि गृहमन्त्रीले बोलाए पत्रकार सम्मेलन

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभा बैठकमा कुरा राख्न नपाएपछि पत्रकार सम्मेलन बोलाएका छन्। संघीय संसद् भवनको ल्होत्से हलमा बुधवार साँझ ५ बजेका लागि पत्रकार सम्मेलन बोलाइएको गृहमन्त्री...

राजनीतिमा आउने सोच छैन, युवालाई सघाउने हो : हरिवंश आचार्य [अन्तर्वार्ता]

कलाकार हरिवंश आचार्यको पहिचान हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुतिमा छ। २०७९ सालमा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषित भएपछि उनले...

संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित, पदाधिकारी नियुक्त गर्ने बाटो खुल्यो

काठमाडौँ- प्रतिनिधिसभाले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सर्वसम्मतीले पारित गरेको छ। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट आज सभाको...

२०८४ सालसम्म प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड

पर्सा- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफू ०८४ सालको आम निर्वाचनअघि प्रधानमन्त्री हुने दौडमा नरहेको स्पष्ट पारेका छन्। सुशासनको पक्षमा काम गर्दा...

संसदमा ज्ञानेन्द्र शाही र रघुजी पन्तबीच चर्काचर्की

‘मसँग बहस गर्ने हो भने इतिहास पढेर आउने, जुम्लामा हा हु गरेर आएकोजस्तो होइन,’ उनले भने, ‘इतिहास पढेर आउनुस् न।’
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना