कैलाली- उपचुनावअन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन्।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै दमनले विजयी भएका हुन्।
भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६७ मतको अन्तरले पराजित गरेका हुन्
भण्डारीले ११ हजार ६ सय १३ मत प्राप्त गरेका भने सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरे।
यस्तै माओवादीका जनक बुढाले ३ हजार ९ सय ६७ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १३ मत ल्याए ।
शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको थियो। यो निर्वाच क्षेत्रमा ६१ हजार सात सय मतदाता रहेका थिए।
२०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । कांग्रेस उम्मेदवार सिंह उनकै छोरा हुन् ।
गत निर्वाचनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार पृथ्वीले १७ हजार ११२ मत प्राप्त गरी विजयी भएका थिए। प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३७६ मत पाए ।



