काठमाडौँ- काठमाडौँ महानगरपालिकाले पुरानो बसपार्कस्थित अस्थायी प्रहरी बिट भत्काएको छ। महानगरले आज मंगलबार दिउँसो महानगरिय प्रहरी वृत्तमातहतको अस्थायी बिट भत्काएको हो।
सडकपेटीबा बनाइएको उक्त बिट भत्काइएको महानगरले जानकारी दिएको छ। ‘सडकपेटीमा हिँड्न पाउने जनताको स्वतन्त्रलाई रक्षा गर्नको लागि प्रहरीसँगको समन्वयमै यो भवन भत्काउन लागिएको हो,’ काठमाडौं महानगर प्रहरी राजु नाथ पाण्डेले भने।
पाण्डेले अगाडि भने, ‘अब प्रहरीहरुलाई सडकमै राखिएको छ। उनीहरुले प्रहरीले राम्रो ठाउँ व्यवस्थापन गरेर राख्नुपर्छ। उहाँहरुले बैकल्पिक व्यवस्था गर्नुपर्छ।’
महानगरले सडकपेटीमा बनेका यस्ता संरचनालाई भत्काउँदै आएको छ। उसले मैतिदेवीको पुलिस बिट भत्काएर बाटो खुल्ला गरेको थियो। साथै सडकपेटीमा अव्यवस्थित फुटपाथ बजारलाई पनि महानगरले हटाउँदै आएको छ।







