काठमाडौँ– जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौँ आइपुगेकी छन्।
केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनले राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
उनले समकक्षी नारायणकाजी श्रेष्ठसँग पनि भेटवार्ता गर्नेछिन्।
केही घण्टाको छोटो भ्रमण सकेर उनी आजै टोकियो फर्किने कार्यक्रम छ।
सन् २०१९ पछि जापानबाट भएको यो उच्चस्तरीय भ्रमण हो।
सन् २०१९ मा जापानका तत्कालीन विदेशमन्त्री तारो कोनोले नेपाल भ्रमण गरेका थिए।



