पोखरा- मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीमण्डल विस्तार गरेका छन्।
यसअघिको क्याबिनेटमा रहेका सीता सुन्दास र बेदबहादुर गुरुङ ‘श्याम’ लाई नै उनले मन्त्री बनाएका हुन्।
यद्यपि सुन्दासको मन्त्रालय भने हेरफेर भएको छ।
सुन्दास सामाजिक विकास तथा स्वास्थ्य मन्त्री र गुरुङ ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका छन्।
सुन्दास यसअघि आर्थिक मामिलामन्त्री थिइन्। गुरूङले यही कृषिसहित मन्त्रालय सम्हालेका थिए।
दुवै जना अधिकारीनिकट मानिन्छन्।
दुई मन्त्रीले थपिएसँगै वर्तमान गण्डकी मन्त्रिपरिषद् पाँच सदस्यीय बनेको छ।
नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमान आर्थिक मामिला र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री छन्।
