काठमाडौँ– काठमाडौँमा एक्कासी ठुलो वर्षा हुँदा त्रिभुवन विमानस्थल भल पसेको छ।
दिउँसो २ बजेको समयमा काठमाडौँमा एक्कासी ठुलो वर्षा हुँदा त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा भल पसेको हो।
विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार एक्कासि ठूलो पानी पर्दा नाली थुनिएपछि विमानस्थलभित्र पानी छिरेको थियो।
भल पसेपछि करिब १० मिनेट यात्रु र कर्मचारीलाई सास्ती भएको थियो। अहिले विमानस्थल सञ्चालनमा कुनै समस्या नभएको झाले बताए।
भिडियो:


