नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालाई जुन १ सम्म अन्तरिम जमानतमा रिहा गर्न आदेश जारी गरेको छ।
भारतमा अन्तिम चरणको चुनाव सम्पन्न भएको भोलिपल्ट अदालतमा हाजिर हुन पनि केजरीवाललाई आदेश दिइएको छ।
जुन १ सम्म केजरीवाल चुनावी प्रचारमामा सहभागी हुन पाउने भएका छन्। मदिरासम्बन्धी नीतिमा भ्रष्टाचार गरेको आरोपमा केजरीवाललाई ४० दिनसम्म तिहाड़ जेलमा राखिएको थियो।
अदालतले रिहा गर्न आदेश दिएपछि उनलाई रिहाइ गर्ने प्रक्रिया सुरु भएको भारतीय समाचार संस्थाहरूले जानकारी दिएका छन्।
मे ७ यता उनको मुद्दामा निरन्तर सुनुवाइ भइरहेको थियो। चुनाव सुरु भएकाले उनलाई चुनावी प्रचारका लागि रिहा गर्न माग गरिएको थियो।
यद्यपि अदालतले मुख्यमन्त्रीका रूपमा कार्य गर्न भने रोक लगाएको छ। चुनाव नभएको भए अन्तरिम धरौटीमा रिहा गर्न आदेशको विषय नै नउठ्ने अदालतको भनाइ छ।


