काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा सुरेश आचार्य नियुक्त भएका छन्। कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आचार्यलाई सोमबार प्रतिष्ठानको निर्देशक नियुक्त गरेका हुन्।
‘नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख श्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा सिन्धुलीका डा. सुरेश आचार्यलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (घ) बमोजिम नियुक्त गर्नु भएको छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा आचार्य विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । उनले कांग्रेसका विभिन्न समितिमा रहेर काम गरिसकेका छन्।


