२०८३ कार्तिक ११ गते मङ्गलबार

पूर्व प्रशिक्षकको टिम विरुद्ध गोल वर्षा गरेका हल्यान्डले बनाए दुई किर्तिमान

 |  Untitled
Sanket

Untitled

काठमाडौं, चैत १
haaland12

मंगलबार राति युरोपेली च्याम्पियन्स लिगमा नर्वेजियन युवा स्टार इर्लिङ हाल्यान्डले चमत्कारै गरे। हाल्यान्ड बोरुसिया डर्टमन्डमा हुँदाका प्रशिक्षक मार्को रोस अहिले आरबी लाइप्जिकका प्रशिक्षक छन्। उनै रोसको टिम विरुद्ध हल्याण्डले गोलवर्षा गरे।

हल्यान्डका पाँच गोलले युरोपकै एलिट प्रतियोगितामा दुईवटा कीर्तिमान बनाएको छ। हाल्यान्ड च्याम्पियन्स लिगमा ३० गोल पुरा गर्ने कान्छा खेलाडी बने सँगै सबैभन्दा चाँडो ३० (थोरै खेलमा) गोल पुरा गरे।

यता खेलको अघिल्लो साँझ रोजले नर्वेजियन खेलाडी सिटीमा हुनुले सिटी पहिलेको भन्दा कमजोर भएको भनेर अवश्ववनीय टिप्पणी गरेका थिए। तर खेल सकिँदा उनको प्रतिक्रिया परिवर्तन भइसकेको थियो।

‘हाल्यान्ड पेप ग्वार्डिओलासँग हुनु उनका लागि धेरैनै राम्रो हो,’ खेल सकिएपछि रोजले भनेका छन्। च्याम्पियन्स लिगको गएरातिको खेलमा आरबी लाइप्जिकलाई सुरुमै सिटीले चेतावनी दिएको थियो। पहिलो हाफमै हाल्यान्डले ह्याट्रिक पुरा गरिसकेका थिए। खेलको सुरुआतमै नाथन एकेको लामो पासलाई हाल्यान्डले पोस्टमा प्रहार गर्न खोज्दा डिफेन्डरलाई रक्षा गर्न चुनौती भएको थियो।

त्यसको केही मिनेटमै गोलकिपर जेनिस ब्लासविचले हाल्यान्डको प्रहार रोकेर ओपनिङ गोल बचाएका थिए। यद्यपी खेलको २२ औं मिनेटमा हाल्यान्डले नै पेनाल्टीमार्फत् गोल गरिछाडे। खेलपछि रोजले सिटीले नपाउनुपर्ने पेनाल्टी पाएको बताएका छन्।

च्याम्पियन्स लिगको खेलमा जर्मन टिम लाइप्जिकविरुद्ध हल्याण्डले पाँच गोल गरेको दिन उनको क्लब म्यानचेस्टर सिटी लिगको क्वार्टरफाइनलमा पुगेको छ। उनको पाँच गोल सहयोगमा सिटीले लाइप्जिकविरुद्ध ७–० को जित निकालेको थियो।

यसैगरि अहिले हाल्यान्ड एकै खेलमा पाँच गोल गर्ने सबैभन्दा युवा खेलाडी बनेका छन्। २२ वर्षको उमेरमा नै यो रेकर्ड बनाएका हाल्यान्डले यसअघिका लियोनेल मेस्सी र ब्राजिली फरवार्ड लुई एड्रिअनोको रेकर्डलाई पछि पारेका छन्। तर उनीहरु सबै एकै खेलमा पाँच गोल गर्ने क्लबमा परेका छन्।

नर्वेको राष्ट्रिय टिमका स्ट्राइकर समेत रहेका उनले यो सिजनमा सिटीका लागि सबै प्रतियोगितामा गरेर ३९ गोल गरिसकेका छन्। त्यस्तै, एकै सिजनमा यति धेर गोल गर्ने सिटीका पहिला खेलाडीको कीर्तिमान उनकै नाममा बनिसकेको छ। त्यस्तै एकै सिजनमा उनको पाँच ह्याट्रिक गर्ने उनी एक्ला खेलाडी छन्।

ह्याट्रिक गरेर पाएको बललाई नै प्रेमिका मान्ने हाल्यान्ड युरोपको शीर्ष पाँच लिगमा एकै सिजन अरु ह्याट्रिककर्ता भन्दा तीन ह्याट्रिकले अघि रहेका छन्।

मंगलबार राति लाइप्जिकलाई हराउने क्रममा गुन्डोगनले एक गोल र डिब्रुएनाले एक गोल गरेका थिए। खेलमा रियाद महरेज र ज्याक ग्रिलिसले समान १–१ गोल गरेका थिए।

प्रकाशित: २०७९ चैत १ गते बुधबार १२:४३
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना