२०८३ कार्तिक १२ गते बुधबार

नेपाल १५७ रनमा अलआउट

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख १४
nepal nepal

काठमाडौँ- नेपालले त्रिवि क्रिकेट मैदानमा कतारलाई १५८ रनको लक्ष्य दिएको छ। एसीसी प्रिमियर कपअन्तर्गत बिहीबारको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब ब्याटिङ गरेपछि कतारले १५८ रनको कमजोर लक्ष्य पाएको हो।

नेपाल ४० ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर १५७ रन बनाएर अलआउट भएपछि कतारले १५८ रनको लक्ष्य पायो। खेलमा नेपालले कतारविरुद्ध सुस्त सुरुआत गरेको थियो। समूह ए कै सबैभन्दा कमजोर टिमविरुद्ध नेपालले सुरुआतबाटै आक्रामक ब्याटिङ गर्ने अनुमान गरिएको थियो। तर शीर्ष क्रमका सबै ब्याटर चाँडै आउट भए।

नेपाली ओपनर कुशल भुर्तेल ८ बल खेल्दै २ रन बनाएर आउट भए। त्यस्तै, तेस्रो नम्बरमा मैदान पसेका भीम सार्की पनि १२ बलमा ६ रन बनाएर पाहिरिए। नेपालविरुद्ध यी ग्यान मुनवेराले दुवै विकेट लिएका थिए।

कुशल दोस्रो ओभरको दोस्रो बलमा खुरमको हातबाट क्याचआउट भएका थए। भीमलाई भने लियान्गेले स्टिम्पिङ गराए। नेपालले १० ओभरमा ४५ रन बनाएर तीन विकेट गुमाइसको थियो। नेपालले तीन विकेट गुमाउँदासम्म नेपालको खातामा ५८ रन मात्र थियो।

नेपालका आसिफ शेख १२ ओभर तीन बलमा १९ रन बनाएर आउट भए। उनलाई इक्रामुल्लाह खानले क्याचआउट गराए। नेपालले १६औं ओभरमा नै चौथो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो। १५ ओभर तीन बलमा अहमदको हातबाट आउट हुँदा नेपालको खातामा चार विकेट गुमाएर ६२ रन मात्र थियो।

खेलमा नेपालको विकेट लगातार गइरह्यो। पाँचौ नम्बरमा मैदान पसेका सोमपालले ११, कुशल मल्ल ३, आरिफ शेखले ११ रन बनाएर आउट भए। त्यस्तै, १९ बल खेलेका दिपेन्द्र सिंह ऐरीले १२ रन बनाउँदा गुल्सन झा सात रन बनाएर बाहिरए।

अन्तिममा नेपालका सन्दीप लामिछानेले ललित राजवंशीसँग मिलेर लामो साझेदारी गरे। उनले अविजित ४२ रन बनाए। उनले नै आजको खेलको सबैभन्दा धेरै रन बनाउने खेलाडी बने।

नेपालविरुद्ध कसिलो र घातक बलिङ गरेको कतारका अमिर फारोकले चार विकेट लिए भने अवस अहमदले तीन विकेट लिएका थिए। त्यस्तै ज्ञान मुनवेराले दुई तथा इक्रमानुल्लाहले एक विकेट लिए।

प्रकाशित: २०८० बैशाख १४ गते बिहिबार १२:२९
प्रतिक्रिया

थप समाचार

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना