आईसीसी क्रिकेट विश्वकपअन्तर्गत लिग २ मा लगातार जित निकाली रहेको नेपालको एकदिवसीय वरीयता सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपालले एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा एक स्थान सुधार गरेको हो
लिग २ मा अब एक खेल खेल्न बाँकी रहेको नेपाल नयाँ वरीयतामा नेपाल १६औं स्थानमा उक्लिएको छ। यस अघि नेपाल १७ औं स्थानमा रहेको थियो। नेपालले घरेलु मैदानमा लिग २ को अन्तिम शृंखला घरेलु मैदानमा खेलिरहेको छ।
यता, यअसघिको खेलमा नामिबियालाई हराएको नेपालले सोही देशलाई नै उछिन्दै एक स्थान माथि उक्लिएको हो। यता नामिबियाको भने एक स्थान खस्किएको छ। उ १७ औं स्थानमा पुगेको छ।
यो वरीयतामा नेपालले नामिबिया, अमेरिका, युएई र पपुवा न्युगिनीलाई पछाडि छोडेको छ। एसोसियट राष्ट्रहरुको वरियता केलाउने हो भने स्कटल्यान्ड १२ औं स्थानमा कायमै छ भने एक दिवसीय वरीयताको शीर्षस्थानमा भारत छ। वरीयतामा अष्टेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा रहेका छन्।
