काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक अब्दुल्लाह अलमुताइरी अफगानिस्तानको राष्ट्रिय टिमका प्रशिक्षक बनेका छन्। उनले विहिबार आफू अफगानिस्तानको प्रशिक्षकमा नियुक्त भएको जानकारी दिएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘नयाँ चुनौति, नयाँ टार्गेट।’
अफगानी फुटबल संघले बिहीबार नयाँ प्रशिक्षकका अब्दुल्लाहलाई नियुक्त गरेको जनाएको छ।अफगानिस्तान फुटबल फेडेरेसनले अब्दुल्लाहको नेतृत्वमा अफगानिस्तानको फुटबल नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेको छ।
अलमुताइरी २०७८ को कातिकमा नेपाली टिमको प्रशिक्षकमा नियुक्त भएका थिए। उनले गत भदौ अन्तिम साता आफूले नेपाली फुटबल टिमको प्रशिक्षकबाट राजिनामा दिएको घोषणा गरेका थिए। यद्यपि सम्झौताअनुसार उनको कार्यकाल २०२४ अक्टोबर ३१ सम्म रहेको थियो। उनले नेपाललाई साफ च्याम्पियनसिपको फाइनलसम्म पुर्याएका थिए। उनीअखिल नेपाल फुटबल संघ र खेलाडी संघको विवादमा परेर चर्चाको केन्द्रमा रहेका थिए।


