काठमाडौं- कतारविरुद्ध कमजोर ब्याटिङ गरेको नेपालले दोस्रो पारीमा भने निकै कसिलो र घातक बलिङ गरेको छ। एसीसी प्रियमयर कपअन्तर्ग त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका पेस बलर सोमपाल कामीले तीन विकेट लिइसकेका छन्।
उनले खेलमा इमल लियानगे, मुहम्मद तनवीर र इक्रमानुल्लाह खानको विकेट लिएका हुन्। छैटौं ओभरको अन्तिम बलमा सोमपालले इमलको विकेट लिए। त्यस्तै मुहम्मद १०औं ओभरमा आउट भए भने इक्रमानुल्लाहलाई १२औं ओभरको अन्तिम बलमा आउट गराए। खेलमा नेपालले ६ विकेट लिइसकेको छ।
आउट हुनुपूर्व इमलले ६ विकेट लिए भने मुहम्मद शून्य रनमै आउट भए। त्यस्तै, इक्रमानुल्लाहले पनि पाँच रन बनाएका थिए। यस्तै आजको खेलमा सन्दीप लामिछानेको बलबाट आउट भएका जाहिर यब्राहिमले १५ र कप्तान मोहम्मद रिजलनले चार विकेट गिराएका छन्।
यससँगै अहिलेसम्म १४ ओभर सिकँदा ६ विकेट गुमाएको कतारले ४७ रन बनाउन सकेको छ।
