बैठकले राष्ट्रपतिमा कांग्रेसले उठाएका उम्मेदवारलाई मतदान गर्ने दल र सांसदलाई धन्यवाद दिने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
कांग्रेस वरिष्ठ नेता पौडेल राष्ट्रपतिमा निर्वाचित भएर कार्यभारसमेत सम्हालिसकेका छन् । बैठकले तनहुँ १ र चितवन २ मा उम्मेदवार सिफारिस गर्न पार्टीका निकायलाई निर्देशनसमेत दिएको छ ।


