काठमाडौं – सबै खेलमा अपराजित रहेर एसीसी प्रिमियर कपको सेमीफाइनलमा पुगेको नेपालले आगामी शनिबार कुवेतको सामना गर्ने भएको छ। मूलपानी मैदानमा बिहीबार ३० रनको जित निकालेपछि कुवतेले नेपालसँग सेमीफाइनल खेल्ने तय भएको हो। यता आज हार बेहोरेसँगै समूह बीको तेस्रो स्थानमा रहेर हङकङ प्रतियोगिताबाटै बाहिरिएको छ।
पछिल्लो खेलमा यूएईमाथि सानदार जित निकालेपछि हङकङलाई समूह बी बाट सेमीफाइनलको दावेदार। मानिएको थियो। तर विहीबारको खेलमा उसले हार बेहोर्यो। खेलमा पहिले ब्याटिङ गर्दै कुवेतले ५० ओभर खेलेर ८ विकेट गुमाउँदै २७२ रन बनाएको थियो। २७३ रनको लक्ष्य पछ्याएको हङकङले भने पुरा ५० ओभरमा २४२ रन मात्र बनाउन सकेपछि कुवेतले ३० रनको जित निकालेको हो।
आज हङकङकले जिनिकाल्न सकेको भए ऊ समूह विजेता बनेर सेमीफाइनलमा ओमनको सामना गर्ने थियो। तर यसअघि दुई खेलमा जित निकालेर चार अंक जोडेको कुवेतले अंकतालिकामा ५ अंक भएको हङकङकलाई हराएपछि कुवेतको ६ अंक भएको छ। अब कुवेतले शनिबार मूलपानी मैदानमा ओमनसँग खेल्नेछ। समूह बीमा युएईको पनि समान ६ अंक नै छ। तर युएई रन रेटको आधारमा अघि रहेको कारण कुवेत दोस्रो भएको हो।
यो प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानको टिममा रहेर खेल्ने मौका पाउनेछ।
