२०८३ कार्तिक १२ गते बुधबार

गण्डकी प्रदेशकाे मुख्यमन्त्रीमा पाण्डे नियुक्त

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख १४
congress surendra pandey

पोखरा- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले कांग्रेस संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

पाण्डेलाई कांग्रेसका २७, नेकपा माओवादी केन्द्र ७ र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन छ। बहुमत सदस्यले समर्थन गरेपछि प्रदेश प्रमुखले उनलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

नवनियुक्त मुख्यमन्त्रीको शपथ शुक्रबार मध्याह्न १२ बजेपछि हुने प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्याल जानकारी दिए।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ। गण्डकीमा एमालेका २२, नेपाली कांग्रेसका २७, माओवादीका ८ (सभामुखसहित), राप्रपाका २ जना र स्वतन्त्रबाट चुनाव जितेर समाजवादी पार्टी प्रवेश गरेका एक सांसद छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे पिता कृष्णराज र आमा योगेन्द्रकुमारीको कोखबाट २०२१ भदौ ९ गते जन्मिएका थिए। विद्यार्थीकालदेखि नेपाली कांग्रेसको भातृसंस्था नेविसंघमा आवद्ध पाण्डेले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका छन्।

शालीन, इमान्दार, प्रखर वक्ता र नतिजामा विश्वास गर्ने नेताको रुप परिचय बनाएका पाण्डे राजनितिक संघर्षका क्रममा २०४५ साल, शाही शासन २०६१ सालमा गरी ८ महिना जेलजीवन बिताएका छन्।

२०३६ सालमा ने वि संघको सदस्यता लिएर विद्यार्थी आन्दोलनमा होमिएका उनी २०३९ सालमा नेविसघ अस्कल इकाइ सचिव हुँदै २०४५ सालमा त्रिचन्द्र क्याम्पसका स्ववियु सभापति निर्वाचित भएका थिए।

२०४९ मा नेविसंघको केन्द्रीय सदस्य बनेका उनी २०५९ मा नेपाल तरुण दलको महासचिव थिए। हाल तेस्रो पटक नेपाली कांग्रेस केन्द्रीय सदस्य बनेका पाण्डे २०७४ साल मा राष्ट्रियसभामा सांसद रहिरहेका छन्।

राष्ट्रिय सभामा रहदा प्रतिपक्ष दलका नेताको बलियो र प्रभावशाली भुमिका निर्वाह गरेका उनको कामको पार्टी भित्र र बाहिर पनि प्रशंसा भएको थियो।

गोरखा क्षेत्र नम्बर २ मा संघीय क्षेत्रमा एकल सिफारिस भएका पाण्डे कांग्रेस र माओवादीको चुनावी तालमेल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा आउने भएपछि मुख्यमन्त्री बनाउने शीर्ष नेताको योजनामै गोरखा क्षेत्र नम्बर २ (२) मा चुनाव लडेका थिए।

प्रकाशित: २०८० बैशाख १४ गते बिहिबार ०५:१९
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना