२०८३ कार्तिक १२ गते बुधबार

कमैयापुत्र चौधरी र प्रचण्डलाई क्षेत्र छोड्ने पाण्डे बने मुख्यमन्त्री

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख १४
pandey vs chaudhary

काठमाडौँ- संघीय सरकार चलाउने सत्ता गठबन्धन भत्किएसँगै बनेको नयाँ गठबन्धनबाट बिहीबार एकै दिन दुई प्रदेशले मुख्यमन्त्री पाएको छ। लुम्बिनीमा कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरी मुख्यमन्त्री बन्दा गण्डकीमा कांग्रेस संसदीय दलकै सुरेन्द्र पाण्डे मुख्यमन्त्री बनेका हुन्।

दुवै प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेपछि कांग्रेसले सत्ताको नेतृत्व गर्ने अवसर पाएको हो। गण्डकीमा एमाले-माओवादी गठबन्धन बन्दा मुख्यमन्त्री बनेका खगराज अधिकारी र लुम्बिनीमा लिला गिरीले प्रदेशसभामा विश्वासको मत जुटाउन नसक्दा कांग्रेसका दुई नेता एकैदिन मुख्यमन्त्री बनेका हुन्।

लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त चौधरीकी आमा १६ वर्षसम्म कमैया बसेकी थिइन्। जमिन्दारको घरमा कमैया बसेको परिवारबाट उनी सामाजिक अभियन्ता बन्दै कांग्रेसको राजनीतिमा जोडिएर मुख्यमन्त्रीसम्म बन्न सफल भएका हुन्। चौधरी थारु समुदायसहित अन्य गरिबीको रेखामुनि रहेका नागरिकलाई समेत शिक्षाका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएका व्यक्ति पनि हुन्।

बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीलाई ८ दलको समर्थन छ। कांग्रेससहित माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थन छ।

चौधरीलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्तिका ४, जनमत, जसपा र लोसपाका ३/३ र जनमोर्चा, नेकपा एस र स्वतन्त्रका १/१ जनासहित ५३ जनाको समर्थन छ।

लुम्बिनीमा कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरी मुख्यमन्त्री बन्दा गण्डकीमा कांग्रेस संसदीय दलकै सुरेन्द्र पाण्डे मुख्यमन्त्री बनेका हुन्।

दाङको निर्वाचन क्षेत्र नं. ३ (१)बाट निर्वाचित चौधरी यसअघि पनि प्रदेशसभामा निर्वाचित भएका थिए। अघिल्लो प्रदेश सभामा सार्वजनिक लेखा समितिको सभापति भएर काम गरेका उनी पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री पनि भएर काम गरेका छन्। चौधरी संघीय सरकारको श्रम राज्यमन्त्री पनि बनिसकेका कांग्रेस नेता हुन्।

१६ वर्षको उमेरमै कमैयाँ मुक्ति अभियानमा संलग्न चौधरीले ०४७ साल माघ १६ गते ब्याकवार्ड एजुकेसन सोसाइटी (बेस) संस्था दर्ता गराएका थिए। दाङदेखि कञ्चनपुरसम्म कमैयाँ मुक्ति आन्दोलनलाई उठाएका चौधरीले थारु समुदायलाई साक्षर बनाउन अभियान चलाएका थिए।

२०४२ सालदेखि राजनीति र सामाजिक सेवामा जोडिएका चौधरी भारतका ‘बाल बचाओ अभियान’का कैलाश सत्यार्थीसँगको सम्बन्धका कारण उनी शैक्षिक क्षेत्रमा क्रियाशील भएका थिए। उनी दाङलाई प्रादेशिक राजधानी बनाउन मुद्दामा पनि सक्रिय थिए।

उता गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री प्रचण्डलाई क्षेत्र छोडेका थिए। मंसिरमा भएको निर्वाचनमा गठबन्धन दलका तर्फबाट गोखरा-२ मा चुनाव लड्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आएपछि प्रदेशसभामा उम्मेदवार बनेका थिए। उक्त क्षेत्रबाट पाण्डे एकल रूपमा कांग्रेसबाट चुनाव लड्नका लागि सिफारिस भएका थिए। उनै पाण्डेलाई बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्ठडकीको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

पाण्डेलाई कांग्रेसका २७, नेकपा माओवादी केन्द्र ७ र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन छ। बहुमत सदस्यले समर्थन गरेपछि प्रदेश प्रमुखले उनलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त मुख्यमन्त्रीको शपथ शुक्रबार मध्याह्न १२ बजेपछि हुने प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्याल जानकारी दिए।

२०२१ भदौ ९ गते जन्मिएका पाण्डे विद्यार्थीकालदेखि नेपाली कांग्रेसको भातृसंस्था नेविसंघमा आवद्ध थिए। त्रिभुवन विश्वविद्यालयका स्नातक पाण्डे २०४५ सालमा त्रिचन्द्र क्याम्पसका स्ववियु सभापति निर्वाचित भएका थिए।

राजनीतिक संघर्षका क्रममा २०४५ साल, शाही शासन २०६१ सालमा गरी ८ महिना जेलजीवन बिताएका छन्। २०५९ मा नेपाल तरुण दल महासचिव बनेका पाण्डे तेस्रो पटक नेपाली कांग्रेस केन्द्रीय सदस्य बनेका छन्। पाण्डे २०७४ सालमा राष्ट्रियसभामा सांसद रहिरहेका छन्।

प्रकाशित: २०८० बैशाख १४ गते बिहिबार ०७:४७
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना