२०८३ कार्तिक ११ गते मङ्गलबार

टिम संख्या बढ्यो, तर पुरानै शैलीमा हुनेछ विश्वकप

 |  Untitled
Sanket

Untitled

काठमाडौं, चैत १
fifa

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप २०२६ को लागि नयाँ मोडेल ल्याउने बताए पनि पुरानै शैलीमा खेलाउने भएको छ। अफ्रिकी मुलुका रुवान्डामा सम्पन्न फिफा कंग्रेसमा विश्वकपले सहभागी देश ३२ बाट ४८ मा पुर्‍याउने निर्णय गरेको छ। तर प्रतियोगिताको शैली भने उही रहने निर्णय फिफाको छ।

आउँदो विश्वकपमा ४८ देशहरूलाई समान ४–४ टिमको समूहमा विभाजन गरेर १२ समूह बनाइने भएको छ। सो समूहअन्तर राउन्ड रोविनमा भएको प्रतिस्पर्धाबाट शीर्ष दुई टिम गरि २४ टिम अर्को चरणमा पुग्ने छन्।

‘विश्वकपको शंसोधित ढाँचाले मिलिभगतको जोखिमलाई पनि कम गरेको छ र प्रतिस्पर्धी टोलीहरुबीच सन्तुलित आराम समय प्रदान गर्दै सबै टिमलाई कम्तीमा तीन खेल खेल्न पाउने सुनिश्चितता प्रदान गरेको छ,’ फिफाले जारी गरेको सूचनामा भनिएको छ। यो संशोधन रुवान्डामा भएको फिफाको महासभाले पारित गरेको थियो।

त्यस्तै, अब समूह चरणबाट सिधै प्रि क्वार्टरफाइनल हुने छैन। समूह चरणपछि र प्रिक्वार्टरफाइनलभन्दा पूर्व अन्तिम ३२ चरण थपिने भएको छ। समूह चरणमा हरेक समूहका शीर्ष २ दुई टिम त्यो चरणमा पुग्नेछन्। त्यसैगरि १२ समूहमध्ये तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टिमले पनि अर्को चरणमा स्थान बनाउने छन्। यसरी ३२ टिम छनोट हुनेछन्। ति टिमले नकआउट खेल्नेछन्। जसबाट जित निकाल्ने टिम प्रिक्वार्टरफाइनल, क्वार्टरफाइनल र सेमीफाइनल हुँदै फाइनलसम्म पुग्नेछ। यसकारण अब प्रतिस्पर्धामा ६४ खेलबाट ४० खेल बढेर १०४ खेल हुने भएको छ।

सन् १९९८ मा विश्वकपमा सहभागी टिमको संख्या ३२ बनाएसँगै चार टिमको समूह र शीर्ष दुई टिम नकआउटमा पुग्ने शैलीको स्थापना गरिएको थियो। अहिले पनि त्यही शैलीलाई कायम राखिएको हो।

यसअघि फिफाले ४८ टिम बनाएपछि खेलसंख्या धेरै हुने भएको कारण तीन–तीन टिमका १६ समूह बनाउने जानकारी दिएको थियो। त्यसो गर्दा खेलसंख्या ८० हुने थियो र समूहमा हरेक टिमले दुई मात्र खेल खेल्नुपर्ने हुन्थ्यो। तर अब पुरानै शैलीमा कम्तिमा तीन खेल खेल्नुपर्ने हुन्छ।

फिफाका अध्यक्ष जियान्नी एन्फान्टिनोले पुरानौ शैलीमा कतार विश्वकप सफल भएको र उल्लासमय भएको बताउँदै यही शैलीलाई कायम राख्ने बताएका थिए। रुवान्डामा सकिएको बैठकले यो पनि निर्णय गरेको छ। सन् २०२६ को विश्वकप फाइनल खेल जुलाई १९ आइतबार हुनेछ। त्यही वर्षको जुन २५ मा प्रतियोगिता सुरु हुँदा सबै क्लबले खेलाडी अनिवार्य रुपमा रिलिज गर्नुपर्ने छ।

त्यस्तै ३२ क्लब सहभागी बन्नेगरि सन् २०२५ बाट क्लब विश्वकप पनि सुरु हुने भएको छ। यो विश्वकप पनि हरेक चारचार वर्षमा आयोजना हुनेछ। यो विश्वकपमा सबै महादेशका क्लबस्तरका महादेशीय प्रतियोगिता चार वर्षसम्म जित्ने टिम विश्वकपमा सिधै छनोट हुनेछन्।

त्यस्तै, पछिल्लो समय च्याम्पियन्स लिग जितेका चेल्सी र रियल मड्रिडले विश्वकपमा स्थान बनाइसकेका छन्। अरु टिमहरु भने चार वर्षको क्लब र्‍याङ्किङबाट छनोट गरिने छ।

प्रकाशित: २०७९ चैत १ गते बुधबार ०१:५१
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना