काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र डा स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रतिनिधिसभा कानुन समितिको हलमा आज बिहान सभामुख देवराज घिमिरेले शपथ सांसदद्वयलाई शपथ गराएका हुन्।
वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका थिए।
