मछिन्द्र फुटबल क्लबका मूख्य प्रशिक्षक प्रवेश कटुवाल नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन्। उनलाई अखिल नेपाल फुटबल संघ एन्फाले सहायक प्रशिक्षकमा नियुक्त गरेको हो।
कटुवालले अहिले ए डिभिजन लिगमा मछिन्द्र क्लब सम्हालिरहेका छन्। उनले दुई सिजन आफ्नो क्लबलाई उपाधि जिताएका थिए। तिनै प्रशिक्षक कटुवाललाई एन्फाले सहायक प्रशिक्षक बनाएको हो।
उनले अहिलेसम्म क्लबको जिम्मेवारी पनि छोडेका भने छैनन्। त्यस्तै एन्फाले विनोद ढंगोललाई गोलकिपर प्रशिक्षकमा नियुक्त गरेको छ। नेपाली टिमका नवनियुक्त मूख्य प्रशिक्षक इटालियन भिन्सेन्सो अवार्टो एनेसले नेपाली स्टाफ राख्ने भनेसँगै उनीहरुले राष्ट्रिय टिममा अवसर पाएका हुन्।
कटुवालले यसअअघि एक खेलमा नेपाली टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन्। उनले गत कार्तिकमा घरेलु मैदानमै भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा टिमको मुख्य प्रशिक्षणको जिम्मेवारी सम्हालेका थिए।


