काठमाडौँ- मङ्गलवार १ बजे तय भएको संयुक्त सदनको बैठक ३ बजेका लागि सरेको छ।
सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउदै छ।
बजेट पारित गर्न दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ।
सहकारी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको टीओआर टुंगाउन केही समय लाग्ने भएपछि सरकारको अनुरोधमा बैठक सारिएको संसद सचिवालयले जनाएको छ।
सोमबार कार्यादेशमा सहमति जुटेपछि दलहरुले आज समितिमा बस्ने नेताहरुको नाम बुझाउने छन्।


