२०८३ असोज २२ गते बिहिबार

इन्धन मूल्य घटाउन कन्जुस्याइँ गर्दा निगमले कमायो कुस्त नाफा

 |  तीर्थराज निरौला
Sanket

तीर्थराज निरौला

काठमाडौँ, जेठ १५
noc_petrol

काठमाडौँ- नेपाल आयल निगम आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी नाफा आर्जन गर्ने सार्वजनिक संस्था बनेको छ। भारतबाट पेट्रोलियम पदार्थ आयात गरी नेपालका उपभोक्तालाई बिक्री गर्दै निगमले आव ०७९/८० मा ११ अर्ब ७२ करोड २९ लाख ७८ हजार रूपैयाँ नाफा आर्जन गरेको छ।

अर्थ मन्त्रालयले प्रकाशन गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षामा निगमले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३८ अर्ब १७ करोड ७७ लाख रूपैयाँ घाटा खेपेको थियो।

यस्तै आव २०७७/७८ मा पनि निगम घाटामा थियो। २०७८/७९ मा ३८ अर्ब १७ करोड ७७ लाख रूपैयाँ घाटा खेपको निगमले २०७७/७८ मा पनि घाटा खाएको थियो। तर त्यअघिका दुई वर्षमा निगमले कुस्त नाफा आर्जन गरेको देखिन्छ।

पछिल्ला ५ वर्षमध्ये दुई आर्थिक वर्षमा निगमले घाटामा हुँदा तीन आर्थिक वर्ष भने नाफामा छ। पछिल्लो वर्ष विश्वबजारको मूल्यअनुसार सस्तोमा किन्ने र महँगोमा बिक्री गर्दा निगमलाई नाफा देखिएको हो। यद्यपि समग्रमा निगम घाटामा नै गएको प्रतिवेदनले देखाएको छ। आव २०७९/८० सम्ममा निगमको सञ्चित घाटा ४ अर्ब ८४ करोड ८९ लाख पुगेको छ। सस्तोमा किनेको इन्धन महँगोमा बिक्री गरेर यो घाटा पनि चाँडै पूर्ति गर्ने लक्ष्यमा निगम देखिन्छ।

आर्थिक वर्ष २०७९/८० मा नेपाल आयल निगमले ९ पटक मूल्य समायोजन गरेको छ। उक्त आर्थिक वर्षको पहिलो दिन २०७९ साउन १ गते १८१ रुपैयाँ रहेको पेट्रोलको मूल्य उक्त आर्थिक वर्षको अन्तिम दिन २०८० साउन १ गते १६४ रुपैयाँ छ। यो पनि आर्थिक वर्ष सकिन १२-१३ दिनअघि मात्र प्रतिलिटर ६ रुपैयाँ घटाएर कायम गरिएको मूल्य हो।

जेहोस् आवको सुरु र अन्तिम दिनको मूल्यको बीचमा रहेर केही पटक मूल्य घटबढ भएको निगमको तथ्यांकले देखाएको छ। उक्त आर्थिक वर्षको पहिलो दिनको मूल्य र अन्तिम दिनको मूल्यबीच १७ रूपैयाँको फरक छ। यो ९.३९ प्रतिशतले कम हो।

पेट्रोलको मू्ल्य

यस्तै डिजेल र मट्टितेलमा पनि उक्त आर्थिक वर्षको पहिलो र अन्तिम दिनको मूल्यमा २६ रुपैयाँको फरको छ।

आर्थिक वर्षको पहिलो दिन १७२ रहेको डिजेल/पेट्रोलको मूल्य आर्थिक वर्षको अन्तिम दिन १४६ रुपैयाँ कायम भएको देखिएको छ। यो पनि आव सकिन १२-१३ दिन मात्र बाँकी छँदा ६ रुपैयाँ घटाएको देखिन्छ। जे होस् आर्थिक वर्षको पहिलो दिनको तुलनामा आर्थिक वर्षको अन्तिम दिनको मूल्यमा १५.११ प्रतिशत कम हो।

डिजेल/मट्टीतेलको मूल्य

उक्त वर्षभर नेपालका उपभोक्ताले खाना पकाउन प्रयोग हुने एक सिलिन्डर ग्यासलाई १८ सय रूपैयाँ तिरे।

आर्थिक वर्षका पहिलो र अन्तिम दिनलाई मात्र हेर्दा डिजेल/मट्टितेल १५.११ प्रतिशतले घटेको देखिन्छ भने पेट्रोलमा ९.३९ प्रतिशतले मूल्य कम भएको देखिन्छ। खाना पकाउने ग्यासमा उपभोक्ताले कुनै राहत महसुस गरेनन्।

नेपालमा भारतबाट पेट्रोलियम पदार्थ आयात हुँदै आएको छ। भारतमा आयात हुने अधिकांश हिस्सा पेट्रोलियम निर्यातक देशहरूको साझा संस्था ओईपीसीका सदस्य राष्ट्रहरूबाट हुँदै आएको छ। भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी)ले ओईपीसीलगायतबाट किनेको पेट्रोलियम पदार्थ नेपाल आयल निगम (एनओसी)लाई अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यअनुसार समायोजना गरी हर १५ दिनमा नयाँ मूल्यसूची पठाउँदै आएको छ। तर निगमले भने अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार भने मूल्य नघटाउँदा नेपालका उपभोक्ताले चर्को मूल्य चुकाउँदै आएका छन् भने निगमको नाफामा कुस्त वृद्धि भइरहेको मन्त्रालयको प्रतिवेदनले देखाएको छ।

निगमले ११ अर्ब ७२ करोड भन्दा बढी नाफा कमाएको आर्थिक वर्षको सुरुको दिन २०७९ साउन १ गते तेल निर्यातक देशहरूको संगठन ओईपीसीले कच्चा तेल (क्रुड आयल)को मूल्य प्रतिब्यारेल १०४.३३ अमेरिकी डलर रहेको उल्लेख गरेको छ। नेपाली प्रणालीअनुसार उक्त आर्थिक वर्षको अन्तिम दिन २०८० साउन १ गते उक्त मूल्य प्रतिब्यारेल २४.२८ डलरले घटेर ८०.०५ अमेरिकी डलर रहेको थियो। ओईपीसीको तथ्यांक हेर्ने हो भने उक्त आवको पहिलो दिनको तुलनामा अन्तिम दिन २३.२७ प्रतिशतले कमी आएको छ।

ओईपीसी मूल्य प्रतिब्यारेल

नेपाल आयल निगमले भने विश्वबजार अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेन। मूल्य समायोजन नगर्दा उसको नाफा बढेको हो।

प्रकाशित: २०८१ जेठ १५ गते मङ्गलबार ०२:३८
प्रतिक्रिया

थप समाचार

विद्युत नियमन आयोगको वार्षिक प्रतिवेदन मन्त्री श्रेष्ठलाई हस्तान्तरण

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएकाले विद्युत् क्षेत्रको नियामकीय निकायले लगानीकर्ता,...

अस्ट्रेलियाद्धारा थप डेढ करोड डलर सहयोगको घोषणा

काठमाडौं। नेपाल र अस्ट्रेलियाले द्विपक्षीय आर्थिक साझेदारीलाई थप विस्तार गर्ने सहमति गरेका छन्। मेलबर्नमा बिहीबार भएको भेटवार्तामा परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री...

निजी लगानी र उत्पादनमुखी अर्थतन्त्रमा कांग्रेसको जोड

काठमाडौं। नेपाली कांग्रेसले अर्थतन्त्र, रोजगारी, कृषि, प्रविधि र पूर्वाधारलगायतका विषयमा नियमित नीतिगत बहस गर्ने तथा त्यसबाट प्राप्त सुझावलाई पार्टीको नीतिमा समेट्ने प्रस्ताव अघि सारेको...

रसुवा बाढीले आर्थिक वृद्धि सुस्ताउने, ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं। विकास साझेदार विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि सुस्त हुने प्रक्षेपण सार्वजनिक गरेको छ। गत भदौ १० मा आएको भोटेकोसी त्रिशूली विनाशकारी बाढीका कारण उद्योग तथा...

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना