२०८३ कार्तिक १२ गते बुधबार

माधव नेपाल र झलनाथ खनालसँग पालैपालो कुरा गरे प्रचण्डले

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १७
prachanda_jhal_makune

काठमाडौँ- प्रधानमन्त्री नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालसँग पालैपालो भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एस दुवै नेतालाई बोलाएर कुराकानी गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डसँग कुराकानी गरेर बाहिरिने क्रममा नेता खनालले हालको एमाले-माओवादी र रास्वपा-नेकपा एसको गठबन्धन तलमाथि हुने सम्भावना नरहेको जिकिर गरे। प्रचण्डले खनालबीच झन्डै आधा घण्टा कुराकानी गरेका थिए।

विपक्षी दलहरू वर्तमान गठबन्धन भत्काउन कस्सिएर लागेको सन्दर्भमा कुराकानी भएको खनालले बताएका छन्। उनले गठबन्धनलाई थप कसिलो बनाउने रणनीतिबारे पनि कुराकानी भएको बताए।

अहिलेको समीकरणमा कुनै समस्या नरहेको खनालको जिकिर छ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच टेलिफोनमा कुराकानी गरेका थिए।

बिहीबार बिहान उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको प्रधानमन्त्री दाहालको सचिवालयले बताएको छ।

प्रधानमन्त्री दाहालसँगको कुराकानीमा अध्यक्ष नेपालले आफू अहिलेकै समीकरणमा प्रतिबद्ध रहेको र मधेसमा पनि वर्तमान गठबन्धनकै सरकार बन्ने बताएका थिए।

बुधबार अध्यक्ष नेपाल प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भेटका लागि पुगेका थिए। भेटमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएका थिए।

उक्त छलफलमा देउवासहित कांग्रेसका अधिकांश पदाधिकारी पनि सहभागी थिए।

भेटमा अध्यक्ष यादवले मधेश सरकारका लागि विश्वासको मत दिने वातावरण बनाउन आग्रह गरेका थिए। सुदूरपश्चिममा एकीकृत समाजवादी संसदीय दल नेता दीर्घ सोडारी मुख्यमन्त्री भएका बेला एमाले सरकारमा सहभागी भएको छैन।

अध्यक्ष यादवले मधेश सरकार जोगाउने विषयमा सकारात्मक भूमिका खेलिदिन बैठकमा आग्रह गरेका थिए।

उता नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल बुधबार बूढानीलकण्ठ गएको दृश्यचाहिँ आफूलाई नमीठो लागेको बताए।

प्रकाशित: २०८१ जेठ १७ गते बिहिबार १२:३०
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना